५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लङ्गडो इतिहास

अ+ अ-

ए भाषाविज्ञहरू
ए व्याकरणाचार्य अनि
इतिहासकारहरू
मेरी इजालाई आमा नबनाऊ
आमा बन्न त
बुबा जन्माएको हुनुपर्छ
मेरो बैतडीमा
जब तिमी अँध्यारो कोठामा
बोतलको पानीले गमला भिजाइ
गोरु बन्दै जोतिन्छौ

महाशय,
त्यो धानले मेरो पेट भरिदैन
सुनिदैनन् त्यहाँ भैनहरू
न त हंसारानी
खेतमा हलो जोतिरहेका
आफ्ना बौस्याका लागि
खाना लग्दै गरेकी देखिन्छे
न त साइबादुर मरेको
दर्दनाहक दृश्य
देखिन्छन् त केवल
आज तु है पानी पानीमा
कम्मर मर्काउँदै
सेल्फी हानिरहेका तस्बिरहरू
असारको महिनामा
तिम्रो कोठाभित्रको रोपाइँमा
न त मेरा हलबौस्या देखिन्छन्
न बर्खाको पानीमा मुन ओडेर
हरियो धानको मुठो समाती
जिन्दगी रोप्दै गरेकी रोप्दारी
आदि आदि..
जति वसन्त पर्खेपनि
बहार नआउने तिम्रो राजधानीमा
जब तिमी प्लास्टिकका फूलहरूसित
फुटो खिची ऋतुराजको चर्चा गर्छौ

महाशय,
त्यसमा कुनै सुगन्ध आउँदैन
मेरो गाउँमा त
बहार आउन वसन्त पर्खिनु पर्दैन
माघको तुसारोमा
जब मेरी भाउजु सौलाकी जालमा
तित्मल्याका घुत्ता लिइ आउँछिन्
उनीसँगै वसन्त घुमिराख्छ
लाग्छ वसन्त त कैदी हो
मेरो गाउँको झेलखानामा थुनिएको
मेरो इतिहास खोज्न आएका
तिम्रा एक हुल अल्लारे
हुइय्य कारभित्र पसी
एक हातले प्याप्सीको बोतल चुस्दै
झ्यालभित्रबाटै
मेरो गाउको एक फुटो खिची
राजधानी फर्किन्छन
तिमी सोच्छौ दुनिया कैद गरिदिए भनेर
अनि लेख्छौ मेरो गाउको इतिहास
छाउकुडीको गाउँ
देउकी प्रथाको गाउँ आदि आदि

तिम्रो इतिहासमा
कठ्पत्यामा गोर्खाली सेना
हराएको इतिहास छैन
गोपी चन्दको कोट छैन
मल्ल र पालका बीरताका कथा छैनन्
मेरो इतिहास जान्न
गौरामा अठ्यावाली खेल्नुपर्छ
डुष्को, धुमारी, चैत, भडामा
डोल्ङा,मुजुरा र हुड्कोसँग नाच्नुपर्छ
भैलो हैन बुडो भैलो खेल्नु पर्छ
मेरो भाषा, इतिहास र सभ्यता खोज्न
सगुना,फाग र भलौलो गाउनु पर्छ
मन्दिरका घाट बजाउनु पर्छ
दमुको धिरोको भाषा बुझ्नु पर्छ
सिस्नोको बिछौनामा
बसी औराद र तेराद गर्नुपर्छ
जाङर लाउनुपर्छ
स्याडीका हुड्क्या,
बिजुलका छलिया सित नाच्नु पर्छ
मेरो इतिहास त त्यहा खोलिन्छ
जब तल्ली दे, मल्ली दे, मैतोडा की जात
गोकुल्याकी मेलामा
जब मेरा आँशुकवि
बर्तोलो जोशी, रनी चनराजा
धनाडी मुख्या, बिनासाइ कार्की
पालीको कल्यान भट्ट, देमाणु रजबार
लम्मरी डेउडामा सवाल जवाफ गर्छन्
त्यहाँ खुल्छन इतिहास मेरो गाउँका
अठोला, खटोला, पल्याल
खलगाडका ज्योतिषका पाताडामा छ

मेरो वंशावली
भोजका पातहरूमा
कटौजको मसीले लेखेको
वडुवाको कागजमा
निङालोको कलमले लेखेको
जुन किताबको जिल्ला
रतुवाको छालाले बनेको छ
मेरो इतिहास लेख्ने सामर्थ्य
तिमीमा छैन
लङ्गडो छ तिम्रो इतिहास
गोराहरूको हुइल चेयरमा बसेर लेखेको
छक्का पन्जाले अछामी भाषा टिपे जस्तै
मेरी बास्साइका बैतडी बज्याले
बैतडीको भाषा बोलेजस्तै
तिम्रो इतिहास पनि
लङ्गडो छ
गमलामा धान रोपे जस्तै
तिम्रो इतिहास लङ्डो छ

प्रतिक्रिया दिनुहोस