आज राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूले शपथ लिँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आज राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूले शपथ लिँदै


१४ श्रावण २०७८, बिहिबार


काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूले आज शपथ ग्रहण लिँदै छन् । आज बिहान साढे नौ बजे शपथ ग्रहणको समय निर्धारण गरिएको छ ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त भएका छन् । सदस्यहरूमा डा. रामकुमार फुयाल र डा. दिलबहादुर गुरुङ  नियुक्त भएका छन् । गत मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा पौडेललाई र सदस्यमा फुयाल र गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार : राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेल नियुक्त

आयोगमा प्रधानमन्त्रीको अध्यक्षता रहन्छ भने एक जना पूर्णकालीन उपाध्यक्ष, आठ जना सदस्य र एक जना सदस्य सचिव रहने व्यवस्था छ । आयोगमा नेपाल सरकारका मुख्य सचिव र अर्थ सचिव पदेन सदस्य रहने गर्छन् ।

राष्ट्रिय योजना आयोग देश विकासको योजना तथा नीति तर्जुमामा सल्लाह दिने सबैभन्दा माथिल्लो निकाय हो ।

Tags :
प्रतिक्रिया दिनुहोस