एमाले अध्यक्ष केपी ओली चितवन जाँदै « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

एमाले अध्यक्ष केपी ओली चितवन जाँदै


१५ कार्तिक २०७८, सोमबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (सोमबार) चितवन जाँदै छन् ।

विभिन्न कार्यक्रममा सहभागी हुन चितवन जान लागेका अध्यक्ष ओली त्यहाँ दुई दिन बस्ने एमालेले जनाएको छ ।

सडक मार्ग हुँदै चितवन जान लागेका ओलीले दासढुंगामा रहेको मदन आश्रित पार्कमा मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

चितवन बसाइका क्रममा अध्यक्ष ओलीले केन्द्रीय महाधिवेशन स्थल नारायणी नदी किनारको अवलोकन तथा केन्द्रीय महाधिवेशनको सम्पर्क कार्यालयको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष ओलीले आजै एमाले भरतपुर महानगर कमिटीको अधिवेशनको समेत उद्घाटन गर्नेछन् । उनले महाधिवेशनको बन्द सत्र हुने सौराहा क्षेत्रको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

चितवन बसाइकै क्रममा ओली माडी अयोध्या धामसमेत पुग्ने कार्यक्रम छ । अध्यक्ष ओलीसँगै एमाले स्थायी समिति सदस्य द्वय रामबहादुर थापा बादल र सुरेन्द्र पाण्डेलगायत केन्द्रीय नेतासमेत चितवन जाँदै छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस