निर्वाचनपछि काँग्रेसको बहुमतको सरकार : उपसभापति निधि « प्रशासन
Logo १६ असार २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

निर्वाचनपछि काँग्रेसको बहुमतको सरकार : उपसभापति निधि


१७ मंसिर २०७८, शुक्रबार


धनुषा । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी निर्वाचनपछि प्रदेश र देशमा काँग्रेसको बहुमतको सरकार बनाउने दाबी गरेका छन् ।

जनकपुरधाममा नेपाली काँग्रेसको प्रदेश–२ को अधिवेशनलाई हिजो (बिहीबार) उपसभापति निधिले सारा देशले अहिले काँग्रेसको एकमना सरकार आउनुपर्ने आसमा बसेको बताउँदै प्रदेश–२ को सबै जिल्लाको क्षेत्रबाट बहुमत सिट काँग्रेसले जित्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

उनले प्रदेश–२ मा काँग्रेसले सबै सिट नजिते काँग्रेसको बहुमतको सरकार बनाउन गाह्रो बताए । उनले प्रदेश अधिवेशनमा भाग लिन आएका सबै जिल्ला र क्षेत्रका नेतालाई निर्देशन दिँदै भने, ‘तपाईँहरू काँग्रेसको जिल्ला र क्षेत्रका नेता हुनुहुन्छ, अहिलेदेखि नै सबै स्थानीय तहको सबै वडादेखि प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा काँग्रेस कसरी जित्छ, त्यस्तो अभियानमा लाग्नुहोस् । आगामी निर्वाचनमा काँग्रेसको बहुमतको जित सुनिश्चित छ ।’

उनले राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, सङ्घीयता, समावेशिता, मिश्रित निर्वाचन, धर्म निरपेक्षता, अहिंसा र शान्तिका मान्यतासहित बनेको संविधान र प्रणालीलाई जनताको हित एवं चाहनाअनुसार सफल काँग्रेसले मात्र बनाउन सक्ने भएको हुँदा काँग्रेसको बहुमतको सरकार जनताले चाहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस