काठमाडौँ महानगरपालिकाको छ वडा कार्यालय भवनको पुनःनिर्माण सम्पन्न « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

काठमाडौँ महानगरपालिकाको छ वडा कार्यालय भवनको पुनःनिर्माण सम्पन्न


३ पुस २०७८, शनिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हालसम्ममा छ वटा वडा कार्यालय भवन पुनःनिर्माण सम्पन्न गरेको छ ।

पुनःनिर्माण सम्पन्न हुनेमा भूकम्पले क्षति भएका र केही यसअघि जीर्ण अवस्थामा रहेका वडा कार्यालय रहेको कामपाले जानकारी गराए । हालसम्म निर्माण कार्यसम्पन्न भएका वडा भवनमा ३, ४, ९, १४, १८ र २६ रहेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।

प्रवक्ता डङ्गोललका अनुसार हाल पुनःनिर्माणको चरण रहेका वडा भवन २, ६, १२, १६, २०, २१, २२, २७, २९ र ३१ रहेका छन् । त्यसैगरी वडा ५, ६, ७, १०, ११, १५, २३ र ३२ का भवन स्तरोन्नति गरिएको छ । पछिल्लो समय निर्माण सम्पन्न गरिएका र निर्माणाधीन अवस्थामा रहेका भवन सबै नेपाली वास्तुकला झल्कने किसिमका छन् ।

त्यसैगरी कामपाकै समन्वयमा काष्ठमण्डप र कमल पोखरीको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । हाल विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा रहेका भूकम्पका कारण क्षति भएकामध्ये २७ सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २१ वटाको पुनःनिर्माण भइरहेका छन् । केही तत्काल पुनःनिर्माण गर्ने तयारीमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस