काँग्रेसमा थप १८ केन्द्रीय सदस्यको मतगणना सकियो « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

काँग्रेसमा थप १८ केन्द्रीय सदस्यको मतगणना सकियो


७ पुस २०७८, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसमा थप १८ केन्द्रीय सदस्यको मतगणना सकिएको छ ।

पछिल्लोपटक मधेसी खुला, मधेसी महिला, मुस्लिम खुला, मुस्लिम महिला तथा प्रदेश १ र वाग्मतीमा खुला र महिलाबाट केन्द्रीय सदस्यको टुंगो लागेको हो ।

काँग्रेसको केन्द्रीय सदस्यमा मधेसी महिलातर्फ मुक्ताकुमारी यादव, मीनाक्षी झा, मञ्जुकुमारी यादव र नागिना यादव निर्वाचित भएका छन् । मुक्ताकुमारी यादवले ३ हजार ९ सय ६०, मीनाक्षीले ३ हजार १२, मञ्जुकुमारीले २ हजार ८ सय ८६ र नागिनाले २ हजार ८ सय ४८ मत पाएका थिए । त्यही पदकी प्रत्याशी किरण यादव २ हजार ७ सय २२ मत मात्रै पाएर पराजित भइन् । उनी यसअघि नै केन्द्रीय सदस्य थिइन् ।

मधेसी खुलातर्फ अजयकुमार चौरसिया २ हजार ५ सय २२, विनोदकुमार चौधरी २ हजार २ सय ६, चन्द्रमोहन यादव २ हजार १ सय ३८, महेन्द्रकुमार राय १ हजार ९ सय ८४ र दिनेशकुमार यादव १ हजार ९ सय ५९ मतसहित विजयी भए ।

त्यस्तै, मुस्लिमतर्फ अब्दुल रज्जाक, अब्दुल सतार र जावेदा खातुन निर्वाचित भएका छन् । खुलातर्फ रज्जाक र सतार तथा महिलातर्फ खातुन निर्वाचित भएका हुन् । रज्जाकले २ हजार ३ सय ९० मत पाएका थिए भने सतारको २ हजार २ सय २८ मत छ । महिलातर्फ जावेदाले १ हजार ९ सय मत पाइन् ।

यस्तै, वाग्मती प्रदेशबाट राजेन्द्रकुमार केसी, ध्यानगोविन्द रञ्जित र उर्मिला नेपाल केसी निर्वाचित भएका छन् । प्रदेशको खुलातर्फ केसी र रञ्जित विजयी भएका हुन् ।

केसीले २ हजार १ सय २९, रञ्जितले २ हजार ४ सय १९ मत पाएका छन् । त्यस्तै, महिलातर्फ उर्मिला नेपाल केसी २ हजार ३ सय ४९ मतसहित विजयी भएकी छन् । प्रतिनिधिसभा सदस्य केसी नेता शेखर कोइरालानिकट हुन् भने रञ्जित र नेपाल सभापति देउवा समूहका उम्मेदवार हुन् ।

प्रदेश १ बाट अमृत अर्याल, राजीव कोइराला र महेन्द्रकुमारी लिम्बू केन्द्रीय सदस्य बनेका छन् । खुलातर्फ अर्याल २ हजार ३ सय ८९ मत र कोइराला २ हजार १ सय ५२ सहित विजयी भएका हुन् ।

लिम्बू महिलातर्फ निर्वाचित भएकी हुन् । उनले २ हजार २ सय २९ मत ल्याएकी छन् । अर्याल र लिम्बू देउवा समूहका नेता हुन् भने कोइराला संस्थापनइतर समूहका नेता हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस