नेपाल रेडक्रस सोसाइटीमा तदर्थ समिति गठन « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

नेपाल रेडक्रस सोसाइटीमा तदर्थ समिति गठन


१५ पुस २०७८, बिहिबार


काठमाडौँ । सरकारले नेपाल रेडक्रस सोसाइटीमा पुनः तदर्थ समिति गठन गरेको छ । मन्त्रिपरिषद्को हिजो (बुधबार)को बैठकले प्राध्यापक सुदर्शनप्रसाद नेपालको अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति गठन गरेको हो । प्राध्यापक नेपाल सोसाइटीका पूर्व उपाध्यक्ष हुन् ।

तदर्थ समितिको उपाध्यक्षमा विष्णुराज नेपाल र राधा नेपाली, महामन्त्रीमा भुपतिलाल श्रेष्ठ, कोषाध्यक्षमा कृष्णगोपाल लागेजु, उपमहामन्त्रीमा मनोजकुमार थापा र भगवती शर्मा नियुक्त भएका छन् ।

सो समितिलाई आगामी तीन महिनाभित्र अधिवेशन गराउने म्यान्डेट दिइएको एक मन्त्रीले जानकारी दिएका छन् ।

रेडक्रसको विधानअनुसार ०७५ मै तत्कालीन समितिको पदावधि सकिएको थियो । पछि एक वर्ष थपेर ०७६ सम्म कार्यकाल थप्ने निर्णय भयो । तर, नेतृत्वले त्यसपछि पनि अधिवेशन गर्न नसकेपछि ०७७ को साउनमा तत्कालीन केपी ओली नेतृत्वको सरकारले नेत्रप्रसाद तिम्सिनाको अध्यक्षतामा ३३ सदस्यीय तदर्थ समिति गरेको थियो ।

तर, सो समितिले पनि अधिवेशन गराउन नसकेपछि सरकारले पुनः तदर्थ समिति गठन गरेको हो ।

समाज कल्याण परिषद् ऐन, ०४९ अनुसार गैरसरकारी संस्था भङ्ग भएको तीन महिनाभित्र नयाँ निर्वाचन गरिनुपर्ने व्यवस्था छ । ‘अघिल्लो समितिले अधिवेशन गर्न नसकेपछि पुनः यो तदर्थ समिति गठन गरिएको हो, यसले आगामी तीन महिनाभित्र अधिवेशन गरिसक्नुपर्नेछ,’ ती मन्त्रीले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस