पृथ्वी जयन्तीलाई नेपाल दिवसको रुपमा मनाउन विवेकशील साझाको सरकारसँग माग « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पृथ्वी जयन्तीलाई नेपाल दिवसको रुपमा मनाउन विवेकशील साझाको सरकारसँग माग


२० पुस २०७८, मंगलबार


काठमाडौँ । विवेशकील साझा पार्टीले पृथ्वीनारायण शाहको जन्म जयन्तीलाई नेपाल दिवसको रुपमा मनाउन सरकारसँग माग गरेको छ ।

विदेशमा विशिष्ट महत्त्वको दिनमा राष्ट्रिय दिवस मनाइने प्रचलन रहेको उल्लेख गर्दै साझाले नेपालमा पनि पृथ्वी जयन्तीलाई नेपाल दिवस घोषणा गर्न माग गरेको हो ।

प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा, ‘राष्ट्रिय एकता दिवसका दिन नेपाल दिवस घोषणा गरी सार्वजनिक बिदा दिइयोस्’ उल्लेख गरिएको छ ।

साथै नेपाली मुद्रामा पृथ्वीनारायण शाहको तस्वीर अंकित गर्न पनि माग गरेको छ । पृथ्वी जयन्तीको अवसरमा साझाले यही पुस २७ गतेदेखि ‘मेची–महाकाली राष्ट्रिय एकता यात्रा’ गर्ने घोषणासमेत गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस