२७ सय नजिक पुग्यो नेप्से, ३ कम्पनीको मूल्यमा १० प्रतिशत वृद्धि « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

२७ सय नजिक पुग्यो नेप्से, ३ कम्पनीको मूल्यमा १० प्रतिशत वृद्धि


२२ पुस २०७८, बिहिबार


शेयर बजार

काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से २७ सयनजिक पुगेको छ । साता कारोबारको अन्तिम दिन आज (बिहीबार) ४३.२९ अङ्कले बढेसँगै परिसूचक २६९२ अङ्कमा पुगेको हो । यसअघि हिजो ३० अङ्कले घटेको थियो ।

नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । हिजो (बुधबार) ४ अर्ब ६२ करोडको सेयर किनबेच भएकोमा आज ३ अर्ब ६७ करोडमा खुम्चिएको छ ।

बैङ्किङ ३५, होटल तथा पर्यटन १०७, विकास बैङ्क ८८, जलविद्युत ७२, फाइनान्स २७, निर्जीवन बीमा २४३, अन्य २०, माइक्रोफाइनान्स ५३, जीवन बीमा ११४ र लगानी उपसमूह १ अङ्कले बढेका छन् । उत्पादन ५ र व्यापार समूह १९ अङ्कले घटेका छन् ।

तीन कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । नेपाल फाइनान्स, तेह्रथुम पावर र मध्यभोटेकोसीको मूल्य १० प्रतिशतले बढेर क्रमश: प्रतिकित्ता मूल्य ५७५.३०, ४९३.९० र २३५.६० पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस