माछापुच्छे गाउँपालिकाका महिलालाई सवारी चालक तालिम « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

माछापुच्छे गाउँपालिकाका महिलालाई सवारी चालक तालिम


२५ पुस २०७८, आइतबार


पोखरा । माछापुच्छे गाउँपालिकाले महिलालाई सशक्तिकरण गराउन सवारी चालक तालिम सञ्चालन गरेको छ ।

उपाध्यक्षसँग महिला तथा बालबालिका कार्यक्रमअन्तर्गत महिलालाई व्यवसायिक चालक बनाउने उद्देश्यले १८ महिलालाई एक महिने हलुका चारपाङ्ग्रे सवारी साधन चालकको तालिम सञ्चालन गरिएकोे उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिए ।्

‘हामीले महिला सशक्तिकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौं । चालक तालिम पनि यसैअन्तर्गत सञ्चालन गरेका हौ ।’ उनले भने । महिलालाई परम्परागत सीपभन्दा अलि फरक प्रविधि र विकाससँग जोडेर तालिम दिइएको उनको भनाइ थियो ।

तालिम विलासिताको लागि नभइ व्यावसायिक चालक बन्न प्रेरित गर्ने उद्देश्यले सञ्चालन गरिएको र यो तालिमले विस्तारै चालक बन्न प्रेरित गर्ने अपेक्षा गाउँपालिकाको छ ।

गाँउपालिकाले २५ वर्षदेखी ४० वर्ष उमेर समूहका एकल, दलित र विपन्न महिलालाई लक्ष गरेर आवेदन माग गरेकामा ६३ आकांक्षीले फर्म भरेका थिए ।

तीमध्ये १८ जना छनोट भएका थिए । गाउँपालिकाले यसअघि महिलालाई निजामति सेवा प्रवेशका लागि लोकसेवा तयारीको कक्षासमेत सञ्चालन गर्नाका साथै महिल सीपसँग जोडेर महिला उद्यमी समूहसमेत गठन गरेको छ ।

स्थानीय उत्पादनलाई बजारीकरण गर्दै आर्थिक सशक्तिकरण गर्न गाउँपालिका र समुदायसँग मिलेर कोशेली घर निर्माणको कार्य पनि थालनी गरिएको उपाध्यक्ष दवाडीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस