सप्तरीमा संक्रमण बढ्न थालेपछि नाकामै परीक्षणको तयारी « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सप्तरीमा संक्रमण बढ्न थालेपछि नाकामै परीक्षणको तयारी


२८ पुस २०७८, बुधबार


राजविराज । सप्तरीमा काेराेना संक्रमण बढ्न थाले पनि सीमावर्ती क्षेत्र आउजाउ गर्नेको परीक्षण र व्यवस्थापन हुन सकेको छैन ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक चिकित्सकमा पनि संक्रमण पुष्टि भएको छ । जिल्लामा संक्रमणका घटना बढ्न थाले पनि नेपाल–भारत सीमामा सतर्कता छैन ।

सप्तरीका विभिन्न नाकाबाट दैनिक सयौं भित्रिने गरेका छन् । अहिले तिलाठीस्थित बेल्ही भन्सार नाकामा मात्र हेल्थ डेस्क छ । संक्रमण फैलिने खतरा बढेसँगै मंगलबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले सीमा नाकामा उच्च सतर्कता अपनाउने निर्णय गरेको बताइएको छ ।

भारतसित जोडिएका बेल्ही, रामनगर कोटरकटी, सोभरणपटी, पातो, बनैनिया, छिन्नमस्ता र मल्हनियालगायतका नाकामा जिल्ला स्वास्थ्य कार्यालय र सम्बन्धित पालिकाले तत्काल हेल्थ डेस्क स्थापना गरी एन्टिजेन परीक्षणको व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

यस्तै, पालिकाहरूले पुनः आइसोलेसन केन्द्र बनाउनुपर्ने, गजेन्द्रनारायण सिंह अस्पतालको आईसीयू, एनआईसीयू, अक्सिजन प्लान्टलगायतका सेवा तयारी अवस्थामा राख्नेसमेत बैठकले निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस