३० अङ्कले घट्यो नेप्से , ८ अर्ब माथिको शेयर कारोबार « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

३० अङ्कले घट्यो नेप्से , ८ अर्ब माथिको शेयर कारोबार


२८ पुस २०७८, बुधबार


काठमाडौँ । केही दिन यता लगातार बढिरहेको नेप्से परिसूचक आज (बुधबार) भने घटेको छ । बुधबार नेप्से परिसूचक ३० दशमलव ५१ अङ्कले घटेर १८ सय ३ दशमलव ३२ अङ्कमा झरेको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने उच्च देखिएको छ ।

बुधबार शेयर कारोबार रकम ८ अर्ब माथि पुगेको छ । १ करोड ६१ लाख ४७ हजार ३ सय ९० कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७ सय ४२ रुपैयाँ पुगेको हो ।

साताको पहिलो र दोस्रो दिन आइतबार र सोमबार लगातार ७ अर्ब माथिको कारोबार भएको थियो भने मंगलबार करिब ७ अर्ब रुपैयाँको शेयर कारोबार भएको थियो ।

बुधबार धेरै गुमाउनेको पहिलो नम्बरमा हिमालयन ऊर्जा विकास कम्पनी देखिएको छ । यस कम्पनीको शेयर मूल्य ३० रुपैयाँ ९० पैसाले घटेर बुधबार ४६७ रुपैयाँमा झरेको छ ।

दोस्रोमा युनियन हाइड्रोपावर र तेस्रोमा जोशी हाइड्रोपावर कम्पनीको शेयर मूल्य धेरै भेट्यो । युनियनको २२ रुपैयाँले घटेर ३७६ रुपैयाँमा झर्दा जोशीको १९ रुपैयाँले घटेर ३२७ रुपैयाँमा झरेको छ ।

बजार घटे पनि केही कम्पनीहरुको शेयर मूल्य अत्यधिक बढेको छ । कर्णाली डेभलपमेन्ट बैङ्क, नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क र नारायणी डेभलपमेन्ट बैङ्कको शेयर मूल्य बुधबार सर्किट लेभलमा कारोबार भएको छ ।

यसबाहेक मध्ये भोटेकोसी जलविद्युत् कम्पनी, पञ्चकन्या माई हाइड्रो, सामलिङ पावर कम्पनी लगायतका कम्पनीहरुको पनि शेयर मूल्य बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस