गुल्मीको मालपोत कार्यालय छ दिन बन्द « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

गुल्मीको मालपोत कार्यालय छ दिन बन्द


१२ माघ २०७८, बुधबार


गुल्मी । गुल्मी जिल्लाको मालपोत कार्यालय ६ दिनका लागि बन्द हुने भएको छ ।

केही कर्मचारीलाई कोरोना संक्रमण भएपछि माघ १७ गतेसम्मका लागि कार्यालय बन्द गरिएको हो । कार्यालयले एक सूचना जारी गर्दै आन्तरिकबाहेकका नियमित कामकाज तथा सेवाहरू बन्द रहने जानकारी दिएको छ ।

कार्यालयको नियमित कामकाजमा रहेका कर्मचारीहरू उच्च जोखिममा रहेको तथा सेवाग्राहीहरूसमेत जोखिममा पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सेवा बन्द गरिएको मालपोत कार्यालय गुल्मीले जनाएको छ ।

मंगलबारदेखि जिल्ला प्रशासन कार्यालय गुल्मीले पनि अनिश्चित कालका लागि सेवा बन्द गरेको छ ।

कर्मचारीमा कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यकबाहेकका अन्य सेवा बन्द गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस