नेप्से २८०१ अङ्कमा कायम , कुल ३ अर्ब ८२ करोड रुपैयाँको कारोबार « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

नेप्से २८०१ अङ्कमा कायम , कुल ३ अर्ब ८२ करोड रुपैयाँको कारोबार


२७ माघ २०७८, बिहिबार


काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से आज (बिहीबार) २८०१ अङ्कमा कायम भएको छ । ११.९६ अङ्क घटेसँगै परिसूचक २८०१ अङ्कमा कायम भएको हो ।

कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ । आज कुल ३ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ । बुधबार ३ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको थियो ।

बैङ्किङ १०, होटल तथा पर्यटन १९, विकास बैङ्क २८, जलविद्युत २७, फाइनान्स १२, निर्जीवन बीमा ८१, लघुवित्त ३७, उत्पादन १ र जीवन बीमा उपसमूह १३ अङ्कले घटे । अन्य १२ र व्यापार उपसमूह ४६ अङ्कले बढे । कुल ३९ कम्पनीको मूल्य बढ्यो भने १४४ को घट्यो । त्यस्तै ८ कम्पनीको मूल्य स्थिर रह्यो ।

मिथिला लघुवित्तको मूल्य सबैभन्दा धेरै ४ प्रतिशतले घट्यो । सिन्धु विकास बैङ्कको भने सबैभन्दा धेरै २.२ प्रतिशतले बढ्यो । नेपाल टेलिकम, नेसनल हाइड्रोपावर, आईएमई जनरल इन्स्योरेन्स, अरुणभ्याली हाइड्रोपावर र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी कारोबार रकमका आधारमा क्रमश: अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस