गठबन्धनले दोहोरो चरित्र देखायो : गोकर्ण विष्ट « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

गठबन्धनले दोहोरो चरित्र देखायो : गोकर्ण विष्ट


१० फाल्गुन २०७८, मंगलबार


गुल्मी । नेकपा एमालेका सचिव गोकर्ण विष्टले एमसीसी संसद्‌मा टेबल गरेर सत्ता गठबन्धनले दोहोरो चरित्र देखाएको बताएका छन् ।

सचिव विष्टले आज (मंगलबार) गृह जिल्ला गुल्मीको मुसिकोट नगरपालिकामा स्वास्थ्य चौकीको उद्घाटन गर्दै एकातिर एमसीसी संसद्‌‌मा पेस गर्ने सहमति गर्ने र अर्कोतिर सडक तताएर तमासा देखाउने काम गरिरहेको बताए ।

उनले एकातिर सत्ता गठबन्धनका मन्त्रीहरूले भोट हाल्न पाउने तर अर्कोतिर सांसदले बहिष्कार गरे झैँ गरी नाटक मञ्चन गरेको बताए ।

नेता विष्टले भने‚ ‘सत्ता गठबन्धनमा भएका मन्त्रीहरूले भोट हाल्न पाउने रे, तर सांसदहरूले बहिष्कार गर्ने रे, यो कस्तो नाटक प्रदर्शन हो ? सांसदले बहिष्कार गरेर हामी त फरक मान्यतामा थियौँ भन्ने सन्देश दिने तर मन्त्रीहरूले भोट हालेर सत्ता गठबन्धन र मन्त्री पद जोगाउने ।’

नेता विष्टले दुनियाँमा कतै नभएको संसदीय अभ्यास नेपालमा भइरहेको भन्दै कुनै पनि समस्याहरूलाई नेकपा एमालेले जनताको हितमा फैसला गर्ने बताए । उनले राष्ट्रियताका सवालमा जनताको मतलाई एमालेले शिरोधार्य गरेर अगाडि बढ्नेसमेत बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस