कमिसन वृद्धि नगरेको झोकमा ढुवानी बन्द गरेका पेट्रोलियम व्यवसायीले उठाउन थाले इन्धन « प्रशासन
Logo २१ असार २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कमिसन वृद्धि नगरेको झोकमा ढुवानी बन्द गरेका पेट्रोलियम व्यवसायीले उठाउन थाले इन्धन


२० फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । कमिसन वृद्धि नगरेको झोकमा ढुवानी बन्द गरेका पेट्रोलियम व्यवसायीले १५ दिने अल्टिमेटम दिँदै ढुवानी सुरु गरेका छन् ।

१५ दिनभित्र कमिसन समेतका सम्पूर्ण समस्या समाधान नभए सम्पूर्ण कारोबार बन्द गर्ने चेतावनी दिँदै उनीहरूले इन्धन ढुवानी सुरु गरेका हुन् ।

‘अबको १५ दिनभित्र सम्पूर्ण समस्याहरु समाधान नभए बन्द गर्नेछौँ, आजको विरोध कार्यक्रम स्थगन गरी कारोबार नियमित गर्ने निर्णय भएको छ,’ नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले भनेको छ ।

आयल निगमले घाटा चुलिएको भन्दै मूल्य संरचनामार्फत पेट्रोलियम व्यवसायीलाई प्रतिशतमा दिँदै आएको बिक्रेता कमिसन यथावत् राख्ने निर्णय गरेपछि व्यवसायीले शुक्रवार दिनभर सबै ठाउँमा इन्धन ढुवानी बन्द गरेका थिए ।

बिक्रेताहरूले इन्धनमा भएको मूल्यवृद्धिको आधारमा प्रतिलिटर ३.१४ प्रतिशत कमिसन पाउँदै आएका थिए । बिहीबार रातिदेखि नयाँ मूल्य लागू भएपछि प्रतिशतको आधारमा कमिसन वृद्धि हुँदा व्यवसायीलाई प्रतिलिटरमा थप ०.१५ पैसा कमिसन दिनुपर्दथ्यो ।

तर, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढिरहेपछि निगम सञ्चालक समितिले बिक्रेता कमिसन हाललाई फागुन ७ गते मूल्य कायम भएअनुसार नै यथावत् राख्ने निर्णय गरेको थियो । त्यसकै विरोधमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले डिपोबाट इन्धन ढुवानी रोकेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस