दुई पटक संसद विघटन गरेर विसंगति भित्र्याउने मूल दोषी एमाले : महामन्त्री थापा « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

दुई पटक संसद विघटन गरेर विसंगति भित्र्याउने मूल दोषी एमाले : महामन्त्री थापा


२३ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय चुनावमा हार्न योग्य दल नेकपा एमाले भएको टिप्पणी गरेका छन् ।

दुई पटक संसद विघटन गरेर विसंगति भित्र्याउने मूल दोषी एमाले भएको उनको तर्क छ ।

सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समितिले सोमबार काठमाडौँमा गरेको अन्तर्क्रियामा महामन्त्री थापाले भने, ‘संसद पटक पटक विघटन गर्ने एमाले हो । उसले दण्ड पाउनुपर्छ ।’

‘आफ्नै घरमा आगो लगाउनेलाई किन भोट हाल्ने भनेर तपाईंहरुले जनतालाई भन्नुपर्छ,’ उनले भने ।

२०७४ को आम चुनावमा कांग्रेसले सरकार बनाउने म्याण्डेट नपाएको भएपनि तत्कालिन नेकपाको अकर्मण्यताका कारण सरकारको नेतृत्व गर्नुपरेको उनले बताए ।

महामन्त्री थापाले ३० वैशाख २०७९ को चुनाव एक दिन पनि तलमाथि नहुने दाबी गरेका छन् ।

‘एमालेलाई फकाएर ल्याउँछौं कि एमालेले नारा लगाएकै बीचमा कानुन बनाउँछौं । यो दुबै नभए के गर्ने हामीले विकल्प खोजेका छौं,’
महामन्त्री थापाले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस