उद्यमीलाई अनुदानमा दुग्ध ट्याङ्कर « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

उद्यमीलाई अनुदानमा दुग्ध ट्याङ्कर


२५ फाल्गुन २०७८, बुधबार


खलङ्गा । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले अनुदानमा ट्याङ्कर उपलब्ध गराएपछि यहाँका दुग्ध उत्पादक किसानलाई सहज भएको छ । कार्यालयले ५० प्रतिशत अनुदानमा हिमाली डेरी उद्योगलाई ट्याङ्कर उपलब्ध गराएसँगै दूध बोकेर बजारसम्म लैजानुपर्ने बाध्यता हटेको छ ।

एक हजार लिटरसम्म दूध बोक्न सक्ने क्षमताको ट्याङ्कर उपलब्ध गराइएको हो । यसले यहाँको दूध उत्पादन बढाउन प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ । कार्यालयले ५० प्रतिशत अनुदानमा ट्याङ्कर उपलब्ध गराएपछि किसान निकै उत्साहित भएका छन् । डेरी उद्योगका सञ्चालक मन कोइला धितालका अनुसार ३२ लाख ९५ हजारमा ट्याङ्कर आइपुगेको हो ।

किसानले एक ठाउँमा दूध सङ्कलन गरेर राखेमा गाउँमै पुगेर दूध सङ्कलन गर्न सकिने डेरी सञ्चालक धितालले भने, ‘अब दूध बोकेर किसानले दुःख गर्नुपर्दैन । किसानले मगाएको खण्डमा घरदैलोमा दूध सङ्कलन गरेर बजारसम्म ल्याउन ट्याङ्कर तयारी अवस्थामा छ ।’

अहिले नाग्म, कुडारी, लाम्रा र बजार क्षेत्रका दूध डेरीमा सहजै रूपमा पुर्‍याउने काम भइरहेको छ । सदरमुकाम खलङ्गाभित्र र बाहिरको गरी नौ वटा डेरीमा दूध पुग्ने गरेको सञ्चालक धितालले बताए । ट्याङ्कर पुग्दा १० जनाले रोजगारी पाएका छन् ।

एक महिनामा झन्डै ६ लाखको दूध बिक्री हुने गरेको हिमाली डेरी उद्योगले जनाएको छ । कार्यालयका प्रमुख गोविन्द महतका अनुसार पछिल्लो समय किसान दूध उत्पादनमा हौसिएका छन् । ट्याङ्कर खरिद गर्ने कार्यक्रम जुम्लाका लागि नयाँ कार्यक्रम हो ।

अब ट्याङ्करले दूध उत्पादक किसान र डेरीसँगको समन्वय निकै प्रगाढ बनाउने छ। दूध बिक्री भएन भन्ने किसानको गुनासो सुन्नुपर्ने छैन । सदरमुकाम खलङ्गामा पाँच वटा डेरी उद्योग सञ्चालनमा छन् । बजार विस्तार भएसँगै दूधको माग अत्यधिक हुने गरेको यहाँका डेरी उद्योगका सञ्चालक बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस