घाइतेको उद्धारका लागि हेलिकोप्टर संखुवासभा जाँदै « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

घाइतेको उद्धारका लागि हेलिकोप्टर संखुवासभा जाँदै


२६ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले संखुवासभाको मादी नगरपालिका वडा नम्बर ६ पुलुङस्थित सात घुम्तीमा भएको यात्रुवाहक बस दुर्घटनामा घाइते भएकाहरूलाई उद्धारका लागि हेलिकोप्टर पठाउन निर्देशन दिएका छन् । बस सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएकाले मृतकहरूको उद्धार गर्न हेलिकोप्टर पठाउन लागिएको गृह मन्त्रालयले जनाएको छ ।

उनले गृह सचिव टेकनारायण पाण्डे र संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई दुर्घटनामा घाइते भएकाहरूको हेलिकोप्टर प्रयोग गरेर यथाशीघ्र उद्धार गर्न निर्देशन दिएका हुन् । ‘मन्त्रीज्यूबाट घाइतेहरूको हेलिकोप्टरबाट उद्धार गर्न निर्देशन भएको छ । हामीले नेपाली सेनासँग सम्पर्क गरेर हेलिकोप्टर उद्धारका लागि संखुवासभाको चैनपुरमा पठाउने तयारी गरिरहेका छौँ,’ गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी खतिवडाका अनुसार मादीबाट धरान जान लागेको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ भने पाँच जना गम्भीर घाइते छन् । गम्भीर घाइते ५ जनालाई चैनपुरबाट हेलिकोप्टरमा धरान लैजाने तयारी भइरहेको प्रजिअ खतिवडाले जानकारी दिए । घटनास्थल जिल्ला सदरमुकामबाट ६० किलोमिटर टाढा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस