हाम्रो खिसीटिउरी गर्नेको हविगत होलिकाको जस्तै हुनेछ : माधव नेपाल « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

हाम्रो खिसीटिउरी गर्नेको हविगत होलिकाको जस्तै हुनेछ : माधव नेपाल


३ चैत्र २०७८, बिहिबार


काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी चुनावमा कलमले कमाल गर्ने दाबी गरेका छन् ।

होलीको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नेता नेपालले आफूहरूको खिसीटिउरी गर्नेको हविगत आगामी चुनावमा देखिने बताए ।

एकीकृत समाजवादीको चुनाव चिह्न कलम हो । कलम चुनाव चिह्नले कमाल गर्ने बताउँदै उनले भने, ‘गाउँ गाउँ, टोलटोल, बस्ती बस्तीमा पुगौँ, । जनपरिचालन गर्ने काममा लागिपरौँ । यो सामर्थ्यको शक्ति चुनावको मैदानमा देखिने छ ।’ राष्ट्रियसभाको चुनावमा कमाल गरेर देखाएको बताउँदै उनले अब स्थानीय चुनावमा पनि देखिने दाबी गरे । ।

अध्यक्ष नेपालले भने, ‘हाम्रो खिसीटिउरी गर्नेको हविगत देखिने छ । होलीका दहन भएको जस्तै त्यसताको नास हुनेछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस