गाउँ र नगरमा विकास गर्न काँग्रेसले स्थानीय तहको निर्वाचन जित्नुपर्ने : गृहमन्त्री खाँण « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

गाउँ र नगरमा विकास गर्न काँग्रेसले स्थानीय तहको निर्वाचन जित्नुपर्ने : गृहमन्त्री खाँण


३ चैत्र २०७८, बिहिबार


बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय स्तरमा गाउँ र नगरमा विकास गर्न काँग्रेसले स्थानीय तहको निर्वाचन जित्नुपर्ने बताएका छन् ।

रुपन्देहीमा आज (बिहीबार) आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा गृहमन्त्री खाँणले शान्ति र स्थायित्वका लागि काँग्रेसले आगामी निर्वाचन जित्नैपर्ने धारणा राखेका हुन् ।

‘तल्लो तहसम्म गाउँ र नगरमा विकास हुन काँग्रेसले स्थानीय निर्वाचनमा जित्नपर्छ । शान्ति र स्थायित्वका लागि काँग्रेसले आगामी निर्वाचन जित्नुपर्छ,’ गृहमन्त्री खाँणले भने।

उनले मुलुकमा आइपरेको अप्ठ्यारो परिस्थितिमा बनेको गठबन्धनलाई कायमै राखेर अगाडि बढ्न काँग्रेसले चाहेको बताए ।

उनले अमेरिकी सरकारले नेपाललाई दिएको अनुदान (एमसीसी) जनताको पक्षमा र जनताको हितमा रहेको बताए। एमसीसी नेपालमा नदी नालाबाट उत्पादन हुने बिजुली जनताको घरघरसम्म पुर्‍याउन आवश्यक गर्ने ट्रान्समिसन बनाउन स्विकारिएको बताए।

मुलुकको आर्थिक अवस्था चुनौतीपूर्ण रहेको बेलामा त्यसको सामना गर्न एमसीसीले सहयोग पुर्‍याउने उनको विश्वास छ ।

उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि बढिरहेको र आयात पनि बढिरहेकाले अब त्यो आयात घटाउन विद्युतीय सामाग्रीको प्रयोग गर्न आग्रह गरे ।

बिजुली उत्पादन वृद्धि गर्नका लागि एमसीसी सदनबाट पास गरिएको उनको तर्क छ।

Tags :
प्रतिक्रिया दिनुहोस