स्थानीय तहको निर्वाचन : सडकबाट स्वतन्त्र उम्मेदवार अभियान सुरु « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

स्थानीय तहको निर्वाचन : सडकबाट स्वतन्त्र उम्मेदवार अभियान सुरु


१८ चैत्र २०७८, शुक्रबार


काठमाडौँ । स्थानीय तहमा राजनीतिक दलहरू हुन नहुने भन्दै स्वतन्त्र अभियानले सडकबाट स्वतन्त्र उम्मेदवार घोषणा अभियान सुरु गरेको छ । काठमाडौँको बानेश्वर सडकमा कार्यक्रम गर्दै स्वतन्त्र उम्मेदवार अभियान सुरु गरिएको हो ।

अभियानको घोषणा सभामा डा. वीरेन्द्र झापालीले सबै पेसाकर्मीदेखि नागरिक समाजसम्म दलको भएकोले अब स्वतन्त्र मान्छे खोजिरहेको बताए । ‘सबै पेसाकर्मी कुनै न कुनै पार्टीमा हुन्छन् तर हामीले स्वतन्त्र उम्मेदवार खोजिरहेका छौँ । पार्टीहरू खत्तम भनेर गाली गर्ने होइन अब देशको लागि प्रबुद्ध, बौद्धिक व्यक्तित्वहरू लाग्नुपर्छ,’ उनले भने, ‘हामी कुर्सीको लागि लड्ने होइन देशको विकासको लागि उम्मेदवार घोषणा गरौँ ।’

उनले देश विकासका लागि देशभक्तहरूको ३ वटा पार्टी पर्याप्त हुने भन्दै १ सय ७७ पार्टी नचाहिने टिप्पणी गरे ।

डा. सुरेन्द्र भण्डारीले स्थानीय तहको चुनावमा राजनीतिक दलको कार्यकर्ता भएर चुनाव लड्दा समाज विभाजन भएको बताए । ‘स्थानीय तहको चुनाव राजनीतिक दल कोतर्फबाट लड्ने दिनसम्म देशको विकास हुँदैन,’ उनले भने, ‘त्यस कारण स्वतन्त्र अभियान आएको हो । यो पनि एउटा क्रान्ति हो । दलको झन्डा होइन, राष्ट्रिय झन्डा बोकेर आउनुपर्छ ।’

आफूलाई नागरिक अभियन्ता भन्न रुचाउने अधिवक्ता स्वागत नेपालले युवा नेताहरूलाई गाली गरेका छन् । स्वतन्त्र अभियानको वक्ताको रूपमा रहेका नेपालले भने ‘मुलुक बिगारेको कालै दाह्री भएका गगन थापा, योगेश भट्राईहरुले हो । स्थानीय तहको चुनावमा दलहरुलाई पाखा लगाउन, दल विहीन चुनाव बनाउन स्वतन्त्र अभियान सुरु भएको हो ।’

उनले अहिलेको लोकतन्त्रमा मत हाल्नुको खासै अर्थ नभएको टिप्पणी समेत गरे । नेपालले भने ‘राइट टु रिजेक्ट, राइट टु रिकल व्यवस्था नभएसम्म निर्वाचन भनेको आफ्नो पाकेटमार आफैँ छान्नपाउने व्यवस्था हो । त्यस कारण मत हाल्नुको खासै अर्थ छैन ।’

मधेसी युवा अभियन्ता गणेशकुमार मण्डलले स्थानीय तहलाई राजनीति मुक्त गर्नुपर्ने बताए । स्थानीय तहमा दलगत चुनाव हुँदा घरदेखि समाजसम्म असर पर्ने उनको तर्क थियो । ‘नेपालका ८७ प्रतिशत मान्छे स्वतन्त्र छन् । १३ प्रतिशत मात्रै राजनीतिक दलका सदस्य छन् । १३ प्रतिशतले ८७ प्रतिशत मान्छेलाई राज गरिरहेको छ । त्यो सिन्डिकेट तोड्न स्वतन्त्र अभियान आवश्यक छ ।’

स्वतन्त्र उम्मेदवार अभियानमा पाका कम्युनिस्ट नेता बद्री खतिवडाले पनि केही बेर बोले । राष्ट्रियताको विषयमा धेरै समय बोलेका नेता खतिवडाले भने ‘स्यालहरू सिंह बन्न सक्दैनन्, अब स्वतन्त्र युवाहरू सिंह बन्नुपर्छ जसले आफ्नो देशको लागि आँखा जुधाएर कुरा गर्न सक्नुपर्छ ।’

यस्तै तेस्रो लिङ्गीहरूको अधिकार र न्यायको लागि काम गर्दै आएको ब्लु डाइमण्ड सोसाइटीकी अध्यक्ष पिंकी गुरुङले स्वतन्त्र उम्मेद्‍वारको आवश्यकता आफूहरूले पनि महसुस गरिरहेको बताइन् । उनले जनआन्दोलनको टियर ग्याँसले पोलेको आँखा अहिले नेताहरूको हर्कतले रसाउने गरेको भन्दै भनिन् ‘फेरि चुनाव आएको छ । चुनावमा राजनीतिक दलका नेताहरूले फेरि लुट्ने हुन कि भन्ने डरमा छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस