गठबन्धनमा दम्भ देखियो हिसाब मिलान हुन्छ : रामकुमारी झाँक्री « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

गठबन्धनमा दम्भ देखियो हिसाब मिलान हुन्छ : रामकुमारी झाँक्री


१२ बैशाख २०७९, सोमबार


काठमाडौँ । सहरी विकासमन्त्री एवं नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले चुनावी तालमेल सन्तोषजनक र सम्मानजनक नभएको भन्दै आक्रोश पोखेकी छन् ।

उनले सत्ता गठबन्धन दलहरुले आफूहरुलाई अपमान गरेको भन्दै हिसाब मिलान गर्ने चेतावनी समेत दिएकी छन् ।

हिजो (आइतबार) मध्यरातमा ट्विट गर्दै उनले गठबन्धनका दलहरूबीचमै पनि हार्दिकतापूर्ण वातावरण बनाउन नसकेको उल्लेख गरेकी छन् । सत्ता गठबन्धनका नेताहरूबीचको वार्ता र छलफलमा दम्भ देखिएको उनको भनाइ छ।

आसन्न स्थानीय तह निर्वाचनको तालमेलका सन्दर्भमा गठबन्धनका केही नेताको अभिव्यक्ति अस्वाभाविक लागेको उनले सङ्केत गरेकी छन्। उनले चेतावनीपूर्ण शैलीमा ‘एक दिन यसको हिसाब मिलान गर्नुपर्नेछ’ पनि भनेकी छन् ।

‘गठबन्धन सन्तोषजनक र सम्मानजनक भएन। गठबन्धनका दलहरूको बीचमा हामीले आफैँभित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौँ। हाम्रा वार्ता, संवादमा केही दम्भ देखियो‘, उनले लेखेकी छन्, ‘योबीचमा गठबन्धनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ, एक दिन यसको हिसाब मिलान गर्नुपर्नेछ। बस !

Tags :
प्रतिक्रिया दिनुहोस