प्रमोद खरेल कार दुर्घटनामा परी घाइते « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

प्रमोद खरेल कार दुर्घटनामा परी घाइते


१५ बैशाख २०७९, बिहिबार


काठमाडौँ । गायक प्रमोद खरेल कार दुर्घटनामा परी घाइते भएका छन् ।

दाङ तुलसीपुरको कार्यक्रममा सहभागी हुन जाने क्रममा प्रमोद चढेको बा २० च ६२५७ नम्बरको कार मङ्गलवार राति १ बजेर १० मिनेटमा घोराही उपमहानगरपालिका–४ गोपी चोकमा दुर्घटनामा परेको हो ।

उक्त कुराको जानकारी खरेलले सामाजिक सञ्जाल मार्फत दिएका हुन् । उनीसँगै कारमा सवार अन्य दुई जना पनि सामान्य घाइते भएका छन् । अनियन्त्रित गतिका कारण कार दुर्घटना भएको हो ।

आयोजकले हाँकेको कार सडकको पर्खालमा ठोक्किएर दुर्घटना भएको र आफू ४५ मिनेट बेहोस भएको प्रमोदले बताएका छन् । दुर्घटनामा घाइते भएका उनलाई तत्कालै दाङ अस्पताल पुर्‍याइएको थियो ।

‘एउटा अर्को युद्ध जिन्दगीसँग’ भन्दै गायक प्रमोदले दुर्घटनाको खबरलाई बिहीबार बिहान फेसबुकमार्फत सार्वजनिक गरेका छन् । अस्पताल शैय्याको तस्बिर पोस्ट गर्दै उनले दाङबाट बुधबार बिहान ४ बजे काठमाडौं आइपुगेको र मनमोहन कार्डियो टिचिङ अस्पतालमा स्वास्थ्य परीक्षणपछि अहिले आराम गरिरहेको उनले उल्लेख गरेका छन् । अहिले प्रमोदको अवस्था सामान्य छ ।

Tags :
प्रतिक्रिया दिनुहोस