भरतपुर चुनावी सभामा देउवाले फकाए, प्रचण्डले तर्साए « प्रशासन
Logo १४ असार २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

भरतपुर चुनावी सभामा देउवाले फकाए, प्रचण्डले तर्साए


२२ बैशाख २०७९, बिहिबार


चितवन । नेपाली काँग्रेसका नेता जगन्नाथ पौडेलले दिएको स्वतन्त्र उम्मेदवारीका कारण दबाबमा परेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले बिहीबार भरतपुरमा चुनावी सभा गरेका छन् ।

केन्द्रीय बस टर्मिनलमा भएको सभामा सभापति शेरबहादुर देउवासहितका काँग्रेस नेताहरूले पार्टीका असन्तुष्ट कार्यकर्ता तथा समर्थकलाई फकाउने प्रयास गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने काँग्रेस र माओवादीको गठबन्धन अस्वीकृत भए देश दुर्घटना पर्ने त्रास देखाएका छन् ।

सत्ता गठबन्धनमा भएको भागबन्डाअनुसार भरतपुरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले उम्मेदवारी दिएकी छन् भने उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन् । तर मेयर माओवादीलाई छाड्ने निर्णयको विरोध गर्दै काँग्रेसका पूर्व सांसद पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । काँग्रेस नेताहरूले उम्मेदवारी फिर्ता गराउन धेरै प्रयास गरेका थिए, तर पौडेल टसकोमस भएनन् ।

अहिले पनि काँग्रेस नेताहरूले पौडेलसँगै उनका समर्थक र प्रस्तावकलाई मनाउन कोसिस जारी राखेका छन् । चुनावी सभालाई भरतपुर पुगेका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जगन्नाथ पौडेल लगायतका नेताहरूलाई भेटेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।

देउवाभन्दा अगाडि सम्बोधन गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने चितवनका काँग्रेस नेताहरूको मागअनुसार गठबन्धनको पक्षमा उभिराख्ने प्रतिबद्धता मात्र जनाएनन्, काँग्रेस–माओवादी सहकार्यलाई साथ नदिए देश दुर्घटनामा पर्ने त्रास पनि देखाएका छन् ।

२०४६ सालको जनआन्दोलन र ०६२–६३ को जनआन्दोलन र शान्ति सम्झौतामा काँग्रेस र कम्युनिस्टले सहकार्य गरेको भन्दै प्रचण्डले गठबन्धनको विपक्षमा रहेकाहरूलाई त्यति बेलाको सहकार्य गलत थियो भनी प्रश्न गरे ।

२०७४ को स्थानीय चुनावमा काँग्रेससँग तालमेल गर्दा मधेसका साथै चितवनमा पनि एउटा पार्टीका समर्थकले अर्को पार्टीका उम्मेदवारलाई मतदान नगरेकाले काँग्रेस सभापति शेरबहादुर देउवालाई भनेर नै आफूले गठबन्धन फेरेको प्रचण्डले स्पष्टीकरण दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस