वैशाख यता विपद्का घटनामा २० जनाको मृत्यु, ८० घाइते « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

वैशाख यता विपद्का घटनामा २० जनाको मृत्यु, ८० घाइते


२३ बैशाख २०७९, शुक्रबार


आगलागी

काठमाडौँ । यो वर्ष विपद्जन्य विभिन्न घटनामा परी २० जनाको मृत्यु भइसकेको छ । वैशाख १ गतेयता भएका ती घटनामा ८० जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यो अवधिमा सबैभन्दा धेरै आगलागीका २४२ घटना भएको छ । त्यसमा परी १० को मृत्यु र ३७ जना घाइते भए । यस्तै, जङ्गलमा आगलागीका ४२ घटना भएको छ । त्यसमा दुई जना घाइते भएका थिए ।

वैशाख १ देखि २२ गतेसम्म हावाहुरीका ३५ घटना भएको छ । त्यसमा परी एकको मृत्यु र सात जना घाइते भएका छन् ।

यो अवधिमा चट्याङका २५ घटना भएको छन् । जसमा ६ को मृत्यु र २६ जना घाइते भएका थिए ।

यस्तै, जनावर आतङ्कका कारण दुईको मृत्यु र सात जना घाइते, पहिरोमा परी एक जनाको मृत्यु र सर्पदंशका कारण एक जना घाइते भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार यो अवधिमा कुल ३५७ घटनामा ४८६ परिवार प्रभावित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस