एम्बुलेन्स र गाडी ठोक्किँदा सल्यानका सांसद बस्नेतसहित १० जना घाइते « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

एम्बुलेन्स र गाडी ठोक्किँदा सल्यानका सांसद बस्नेतसहित १० जना घाइते


२९ बैशाख २०७९, बिहिबार


सल्यान । राप्ती राजमार्ग अन्तर्गत तुलसिपुर उपमहानगरपालिकाको रानागाउँ नजिकै एम्बुलेन्स र बोलेरो गाडी ठोक्किँदा सल्यानका सङ्घीय सांसद टेकबहादुर बस्नेत सहित १० जना घाइते भएका छन् ।

सल्यानबाट दाङतर्फ जाँदै गरेको सङ्घीय सांसद टेकबहादुर बस्नेत चढेको बा ८ च ६९२५ नम्बरको गाडी दाङबाट सल्यान आउँदै गरेको ना. अ. क. था. ९४१ नम्बरको एम्बुलेन्ससँग आज (बिहीबार) दिउँसो ठोक्किएको हो ।

सांसद टेकबहादुर बस्नेत चढेको गाडीमा उनीसहित तीन जना र एम्बुलेन्समा चढेका सात जना घाइते भएको इप्रका तुलसीपुरले जनाएको छ । इप्रका तुलसीपुरका प्रनाउ श्यामु अर्यालका अनुसार घाइते सबैको अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

अर्यालका अनुसार घाइते हुनेमा बोलेरोमा सवार बाग्चौर नगरपालिका घर भएका ५७ वर्षीय सङ्घीय सांसद टेकबहादुर बस्नेत, उनका गाडी चालक २८ वर्षीय रमेश ओली, २४ वर्षीय महेश घर्ती छन् ।

यस्तै एम्बुलेन्समा सवार रुकुम पश्चिम घर भएका ३२ वर्षीय कलिभान खत्री, ७४ वर्षीय विष्णु खत्री, २१ वर्षीय सुभाष शर्मा, ३२ वर्षीय शम्भुप्रसाद शर्मा, ४२ वर्षीय श्याम प्रसाद शर्मा, २६ वर्षीया राधिका शर्मा र ४८ वर्षीया पुतली खत्री पनि घाइते भएका छन् । गाडी दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस