जुम्लामा काँग्रेस र माओवादी कार्यकर्ताबीचको झडपमा ६ जना घाइते, ८ जना प्रहरी नियन्त्रणमा « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

जुम्लामा काँग्रेस र माओवादी कार्यकर्ताबीचको झडपमा ६ जना घाइते, ८ जना प्रहरी नियन्त्रणमा


१ जेष्ठ २०७९, आइतबार


जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकामा माओवादी र काँग्रेसका कार्यकर्ताबीचको झडपमा परी ६ जना घाइते भएका छन् ।

वडा नम्बर ३ को मतगणनामा काँग्रेसको तर्फबाट वडाध्यक्षमा विजय भएपछि विजय जुलुसमा निस्कने क्रममा माओवादीका वडाध्यक्ष डिल्ली रावल समर्थित युवाले ढुंगामुढा गरेपछि झडप भएको थियो ।

घाइते हुनेमा तातोपानी ३ बस्ने २४ वर्षीय प्रेमसागर रावल, १५ वर्षीय गणेश शाही, ५० वर्षीया रामुदेवी शाही, २१ वर्षका अजित कामी, प्रकाश सुनार र तातोपानी १ का १८ वर्षीय धर्मराज रावत घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

उनीहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइराखेको छ । झडपमा संलग्न तातोपानी ३ का माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार डिल्ली रावलसहित ८ जना प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टले जानकारी दिए ।

प्रहरी निरीक्षक भट्टका अनुसार अहिले स्थिति सामान्य छ । मतदान केन्द्र आसपासमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ । २०७४ को स्थानीय तहको निर्वाचनमा तातोपानी ३ को वडाध्यक्षमा डिल्ली रावलले नै जितेका थिए ।

निर्वाचनमा हार -जित स्वभाविक भएको भन्दै नेपाली काँग्रेसले हार स्वीकार गर्न नसकी विजय र्‍यालीमाथि ढुंगामुढा गर्नु राजनीतिक संस्कार नभएको जनाएको छ । काँग्रेसले तातोपानीका १ र ३ वडा जितेको हो । दुवै वडा अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जितेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस