अर्घाखाँचीको सन्धिखर्कमा एमाले विजयी « प्रशासन
Logo १८ असार २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

अर्घाखाँचीको सन्धिखर्कमा एमाले विजयी


५ जेष्ठ २०७९, बिहिबार


अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ ।

नगर प्रमुखमा कृष्णप्रसाद श्रेष्ठ ११ हजार ३९६ मतका साथ विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी शान्ता भण्डारीले नौ हजार ५३५ मत प्राप्त गरेकी छन् ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि श्रेष्ठ एमालेको तर्फबाट उम्मेदवार थिए । त्यसबेला उनी नेपाली काँग्रेसका कमलप्रसाद भुसालसँग एक हजार १०३ मतले पराजित भएका हुन् ।

यस्तै उपप्रमुखमा एमालेकै मिश्रा आचार्य विजयी भएका छन्। आचार्यले नौ हजार ६४६ मत प्राप्त गरेका छन् । गठबन्धनबाट उम्मेदवार बनेका (माओवादी केन्द्र)का राजेन्द्र भुसालले नौ हजार १६८ मत ल्याएका छन् ।

यस्तै सन्धिखर्कमा वडा नं १, ३, ४, ५, ८, ११ र १२ मा काँग्रेस विजयी भएको छ भने वडा नं २, ६, ७ र ९ मा एमाले तथा वडा नं १० मा माओवादी केन्द्र विजयी भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस