टेकुमा पेट्रोल पम्पको ट्याङ्की विस्फोट हुँदा दुई जना घाइते « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

टेकुमा पेट्रोल पम्पको ट्याङ्की विस्फोट हुँदा दुई जना घाइते


२२ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । काठमाडौँको टेकुस्थित पेट्रोल पम्पमा इन्धन राख्ने ट्याङ्की विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।

आज (आइतबार) साँझ ५ बजे काठमाडौँ महानगरपालिका-१२ टेकुस्थित कनक पम्पमा ट्याङ्कीमा विस्फोट हुँदा दुई जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

इन्धन राख्ने ट्याङ्कीको ढक्कन वेल्डिङ गर्ने क्रममा अकस्मात् भित्रबाट ग्यास विस्फोट भएको उनले बताए ।

विस्फोट हुँदा पर्सा जगन्नाथपुर गाउँपालिका-३ घर भई काठमाडौँको कालिमाटी बस्ने ३० वर्षीया किशोरी साह र १८ वर्षीय दीपककुमार साह घाइते छन् ।

किशोरीको बायाँ खुट्टा जलेर फ्र्याक्चर भएको र दाहिने खुट्टा, अनुहार दुवै हात र छाती जलेको प्रहरी उपरीक्षक मैनालीले बताए। उनी हल्का बोल्न सक्ने अवस्थामा रहेको उनले बताए ।

त्यस्तै शाहको बायाँ गालामा पोलेको छ। उनी बोल्न सक्ने अवस्थामा छन् ।

उनीहरू दुवैको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस