एसपीपीलाई एमालेले चुनावी एजेन्डा बनाउन खोज्यो : प्रवक्ता महत « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

एसपीपीलाई एमालेले चुनावी एजेन्डा बनाउन खोज्यो : प्रवक्ता महत


५ असार २०७९, आइतबार


पर्सा । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा (एमाले) ले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई चुनावी एजेन्डा बनाउन खोजेको बताएका छन् ।

नेपाल प्रेस युनियन पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता डा. महतले यो धारणा राखेका हुन् ।

उनले भने, ‘यो केही ठुलो कुरा थिएन, जबकि ओली सरकारकै पालामा यसमा पत्राचार भएको रहेछ र त्यो खुलिसकेको पनि छ, तर एजेन्डाविहीन बनेको एमालेले एसपीपीलाई आगामी संसदीय निर्वाचनको एजेन्डा नै बनाउन खोज्यो ।’

प्रवक्ता डा महतले नेकपा (एमाले) गएको स्थानीय तहको निर्वाचनपछि एजेन्डाविहीन बनेको र त्यसैले सरकारका विरुद्धमा आगामी संसदीय निर्वाचनलाई लक्ष्य गरेर विभिन्न अनर्गल प्रचारमा लागेको उनको आरोप थियो ।

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका प्रवक्ता डा. महतले नेपालले कुनै देश या समय हेरेर नभई स्थायी र सन्तुलित परराष्ट्र नीति सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

एक अर्को प्रसङ्गमा उनले वीरगन्ज चिनी कारखाना र कृषि औजार कारखाना पुनः सञ्चालनको सम्भावना कमै रहेको बताए ।

निजी क्षेत्रलाई प्रतिस्पर्धीकारुपमा अघि बढाउनुपर्ने नीति सरकारको हुनुपर्ने भन्दै नेता महतले स्वास्थ्य, शिक्षा र पूर्वाधार निर्माण जस्ता क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने विचार व्यक्त गरे ।

निजी क्षेत्रको सक्रिय सहभागिताविना देशको आर्थिक विकास सम्भव नहुने भएकाले उद्योग व्यापारका क्षेत्रमा सरकारले हात हाल्न नहुने धारणा उनको थियो ।

स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेससहितको पाँच दलीय गठबन्धनले राम्रो प्रतिफल हासिल गरेकाले आउने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि पाँच दलको गठबन्धन बन्ने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस