विपद् व्यवस्थापनको पूर्व तयारीमा जुट्दै स्थानीय तह « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

विपद् व्यवस्थापनको पूर्व तयारीमा जुट्दै स्थानीय तह


८ असार २०७९, बुधबार


वालिङ । यसवर्षको मनसुन सुरु भएकाले सम्भावित जोखिम हुनसक्ने भएकाले स्याङ्जाका स्थानीय तहहरू विपद् व्यवस्थापनमा जुट्ने भएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समिति स्याङ्जाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको अध्यक्षतामा मङ्गलबार स्याङ्जा सदरमुकाम पुतलीबजारमा बसेको बैठकले वर्षायाम सुरु भइसकेको र स्याङ्जा जिल्लासमेत विपद्को सम्भाव्य जोखिम क्षेत्रमा रहेको हुँदा विपद्को व्यवस्थापनमा जुट्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरिएको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा उपस्थित भएका जिल्लाका एघारवटै पालिकाका प्रमुख एवं प्रतिनिधिले आ–आफ्नो विपद् व्यवस्थापन कोषमा पर्याप्त रकम विनियोजन गरी विपद् व्यवस्थापनसम्बन्धी आवश्यक सामग्री खरिद गर्ने, मौज्दात राख्ने र परिचालन गर्ने निर्णय गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष पौडेलले जानकारी दिए ।

सभाव्य विपद्लाई व्यवस्थापन गर्न आवश्यक पर्ने विपद्जन्य सामग्री खरिद गरी आ–आफ्नो पालिकामा मौज्दात राख्न र आवश्यकता अनुसारका सामग्री तीनवटै सुरक्षा निकायलाई उपलब्ध गराउने निर्णय गरिएको छ ।

वर्षाका कारण राष्ट्रिय राजमार्ग तथा स्थानीय पालिकालाई जोड्ने मार्गमासमेत क्षति हुनसक्ने भएकाले डोजर÷जेसिवी लगायतका मेसिनरी र तिनका चालकलाई तयारी अवस्थामा राख्न अनुरोध गरिएको अध्यक्ष पौडेलले जानकारी दिए ।

जिल्ला विपद् व्यवस्थापन समितिले स्याङ्जाका विभिन्न स्थानीय तहमा बेला–बेलमा घटिरहने विपद्जन्य घटनाको न्यूनीकरण गरी जनधनको क्षतिलाई कम गर्नतर्फ लाग्नुपर्नेमा जोड दिएको थियो ।

जोखिम देखिएका क्षेत्रको व्यवस्थापन गर्नका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा अन्य सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरिएको अध्यक्ष पौडेलले बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिमार्फत भएका निर्णयलाई आ–आफ्नो पालिकामा कार्यान्वयन गर्दै सम्भावित विपद्जन्य जोखिम न्यूनीकरणमा सतर्कता अपनाउने प्रतिबद्धता पालिका प्रमुख तथा प्रतिनिधिहरूले जनाएका छन् ।

पालिकाले विशेष गरी गतवर्ष जोखिम देखिएका वस्ती तथा क्षेत्रहरू र यसवर्ष जोखिम हुनसक्ने सम्भावित क्षेत्र पहिचान गरी थप सजगता अपनाउने भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस