छुट्टाछुट्टै जिल्लामा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

छुट्टाछुट्टै जिल्लामा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु


२७ असार २०७९, सोमबार


काठमाडौँ । रौतहट, सुनसरी, दाङ, स्याङ्जा, चितवन र मोरङमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

रौतहटको गौर नगरपालिका–७ सिसवास्थित सडकमा अनटेस्ट लेखिएको मोटरसाइकलको ठक्करबाट आइतबार साईकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७० वर्षीय नन्दकिशोर पाण्डे रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका नन्दकिशोरको जिल्ला सरकारी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । सुनसरीको कोशी गाउँपालिका–४ जुद्धगन्जस्थित सडकमा को।२ त २१५८ नम्बरको ट्रयाक्टरले को।२८ प ९३९९ नम्बरको मोटरसाइकललाई आइतबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार देवानगन्ज गाउँपालिका–४ बस्ने ५५ वर्षीया जयमुन खातुन रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

स्याङ्जाको गल्याङ नगरपालिका–८ चिउरीस्थित सडकमा ग।१३ प ६०७४ नम्बरको स्कुटर आइतबार बेलुकी दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने १७ वर्षीय धन बहादुर थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अर्का एक जनाको सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

चितवनको भरतपुर महानगरपालिका–२ पोखरा बसपार्क नजिक सडकमा ना।५ ख ८४९७ नम्बरको ट्रकले ना।२६ प ४८५१ नम्बरको स्कुटरलाई गएराति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटरमा सवार ईच्छाकामना गाउँपालिका–३ बस्ने २० वर्षीय सन्दिप गुरूङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

दाङको घोराही उपमहानगरपालिका–१० जलौरा चोकमा बा।०१–२५ च ७७६४ नम्बरको कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २४ वर्षीय देवराज चौधरी रहेका छन् । उनको आइतबार बेलुकी मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका देवराजको राप्ती स्वास्थ्य प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङको विराटनगर महानगरपालिका–१२ कोशी प्रोजेम्टस्थित सडकमा प्र।१–०२–०४९ प ६२५८ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही महानगरपालिका–१५ बस्ने ४५ वर्षीय भोला श्रेष्ठ रहेका छन् । उनको आइतबार बेलुकी मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका साइकलमा सवार मृतकका भतिज १२ वर्षीय सुशान्त श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस