भारत भ्रमण सोचेभन्दा सफल : प्रचण्ड « प्रशासन
Logo १६ असार २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

भारत भ्रमण सोचेभन्दा सफल : प्रचण्ड


१ श्रावण २०७९, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमण सोचेभन्दा सफल भएको बताएका छन् ।

तीन दिने भारत भ्रमण सकेर आज (आइतबार) साँझ स्वदेश फर्किएका अध्यक्ष दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमण अपेक्षा गरेअनुसार सफल भएको बताएका हुन् ।

प्रचण्डले भने, ‘भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणमा म भारत गएको हुँ । राष्ट्र र नेपाली जनताको हितलाई केन्द्रमा राखेर भ्रमण गरेको हो । भ्रमण अपेक्षा गरेअनुसार सफल भएको छ। सोचेभन्दा राम्रो भएको छ मेरो भ्रमण ।’

अध्यक्ष दाहालले नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा आरजु देउवासँग भेट भएको र अरु त्यस्तो केही कुरा नभएको बताए । तर, यो कुरालाई अतिरञ्जित बनाइएको उनले गुनासो गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस