उद्देश्यसहित गठबन्धन हुन्छ : महामन्त्री थापा « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

उद्देश्यसहित गठबन्धन हुन्छ : महामन्त्री थापा


५ श्रावण २०७९, बिहिबार


चितवन । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आसन्न संघीय र प्रादेशिक निर्वाचनमा निश्चित उद्देश्यसहित दलहरुको बीचमा तालमेल हुनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले तालमेल के का लागि पहिले नै टुङ्गो लाग्नुपर्छ भने ।

महामन्त्री थापाले निर्वाचनपछि र अगाडिको तालमेल असफल भएको बताए । उनले भने, ‘तालमेल के का लागि, जनतासँग जोडिन्छ कि जोडिँदैन भन्ने हुनुपर्छ ।’ तत्कालका लागि नाफा मात्रै देखिन्छ भने त्यो आवश्यक नभएको उनले स्पष्ट पारे ।

आगामी निर्वाचनका लागि गरिने तालमेलमा न्यूनतम समझदारी बन्नुपर्छ भने । निर्वाचन अघि गरिने तालमेल दलहरुका बीचमा संविधानलाई हेर्ने दृष्टिकोण, आर्थिक सामाजिक मुद्दा र विदेश नीतिका सन्दर्भमा न्यूनतम समझदारी बन्नुपर्ने उनले बताए ।

उनले भने, ‘यी कुरामा समझदारी हुँदैन भने तालमेल नगरेकै राम्रो ।’ न्यूनतम समझदारी नबनी तालमेल गर्दा निर्वाचन जितिसकेपछि साना कुरा, तानातानले तालमेल टुट्न सक्ने उनको भनाइ छ ।

“तालमेलमा रहेका दलहरुमा खाली सिटको बाँडफाँट हुने । निर्वाचन जित्ने कुरालाई मात्रै ध्यान दिने, निर्वाचन जितिसके पछि आआफ्नो मत रहने हो भने सानो कुराको स्वार्थले पनि दुर्घटनामा पर्दे रहेछ भन्ने कुरा नेपाल कम्युनिस्ट पार्टीको २०७४ सालको निर्वाचनबाट देखेका छौँ ।’ महामन्त्री थापाले भने, ‘निर्वाचनमा एउटा पार्टीले एक्लै लड्दा बहुमत ल्याउने अवस्था छैन ।’

नेपाली काँग्रेस त्यसतर्फ सचेत रहँदै बहुमत ल्याउनका लागि तालमेल आवश्यक रहेको उनले बताए । बहुमत स्थिर सरकारका लागि आवश्यक रहेको उनको भनाइ थियो । नागरिकसँग गरेका वाचा पाँच वर्षमा पूरा गर्नका लागि काँग्रेसलाई बहुमत आवश्यक रहेको उनले जिकिर गरे ।

फरक प्रसङ्गमा उनले पार्टी सभापतिलाई बलियो बनाउँदै विधिसंवत पार्टी चलाउन आफूहरुको दबाब रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस