तालिबान विरोधी नीतिमा फेसबुक प्रतिबद्ध, तालिबान नियन्त्रित सञ्चारमाध्यमका पृष्ठ निलम्बनमा « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

तालिबान विरोधी नीतिमा फेसबुक प्रतिबद्ध, तालिबान नियन्त्रित सञ्चारमाध्यमका पृष्ठ निलम्बनमा


६ श्रावण २०७९, शुक्रबार


काबुल । सामाजिक सञ्जाल फेसबुक तालिबान विरोधी नीतिमा दृढ देखिएको छ ।

फेसबुकले अफगानिस्तानका तालिबान नियन्त्रित राष्ट्रिय टेलिभिजन र बख्तर न्युज एजेन्सीका पृष्ठहरू निलम्बन गरी तालिबान विरोधी आफ्नो नीतिलाई पुष्टि गरेको हो ।

‘अफगानिस्तान नेशनल टेलिभिजन र बख्तर न्युज एजेन्सीका पृष्ठहरूले अब फेसबुकमा पहुँच पाउने छैनन्,’ अफगानी खामा प्रेसले आफ्नो समाचारमा लेखेको छ ।

समाचारमा लेखिएको छ, ‘तालिबानले सत्तारोहणसँगै अफगानिस्तान राष्ट्रिय टेलिभिजनको सञ्चार केन्द्रको नियन्त्रण जफत गरेदेखि उनीहरूले यसको प्रयोग गरी आफ्नो पक्षमा व्यापक गतिविधिहरू सञ्चालन गरेका थिए । तथापि, यस केन्द्र र बख्तर समाचार एजेन्सीका पृष्ठहरू हाल पहुँच योग्य छैनन् ।’

अफगानिस्तान नेशनल टेलिभिजनका प्रमुख अहमदुल्ला वासिकका अनुसार फेसबुकले यी सञ्चारमाध्यमले चलाएका पश्तो र दरी पेजमा प्रतिबन्ध लगाएको छ ।

“फेसबुक विश्वभर सबैभन्दा धेरै प्रयोग हुने सामाजिक सञ्जाल ‘साइट’ हरूमध्ये एक हो र यो २०२१ को मध्यमा तालिबानलाई आतङ्कवादी सङ्गठनको रूपमा नामाकरण गर्ने पहिलो संस्था थियो, अफगानी समाचार संस्था खामा प्रेसले बताएको छ ।

फेसबुकको प्लेटफर्मले तालिबानलाई ‘आतङ्कवादी सङ्गठन’को रूपमा मान्यता दिन्छ र आफ्नो प्लेटफर्ममा यस सङ्गठनद्वारा सिर्जना गरिएको वा समर्थन गर्ने कुनै पनि सामग्रीको प्रकाशनमा प्रतिबन्ध लगाएको छ,” विशेष स्रोतलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ ।

खासगरी सामाजिक सञ्जाल स्थलमा युद्धग्रस्त अफगानिस्तानका तालिबान नियन्त्रित सरकारी निकायका पानाहरू यसअघि पनि फेसबुकले बन्द गरेको थियो ।

फेसबुकका एक प्रवक्ताका अनुसार फेसबुकले आफ्नो सबै प्लेटफर्ममा तालिबान विरोधी नीति लागू गरेको छ । यसका साथै फेसबुक आफैँ, इन्स्टाग्राम र ह्वाट्सएपले पनि यो नीति लागू गरेको छ ।

तालिबानका अधिकारी तथा प्रवक्ताहरू ट्विटरमा पनि सक्रिय छन् । अफगानिस्तानमा तालिबान समूह सत्तामा आएपछि विशेष गरी महिला, किशोर किशोरीसहित हजारौँ पत्रकार तथा सञ्चारकर्मीहरू रोजगारीबाट वञ्चित भएका छन् ।

आईएफजे–सहयोगी अफगानिस्तान राष्ट्रिय पत्रकार सङ्घ (एन्जु) ले ३३ वटा प्रान्तमा गरेको सर्वेक्षणले १५ अगस्ट २०२१ देखि ३१८ वटा सञ्चार माध्यम बन्द भएको देखाएको छ ।

यस सङ्कटले अखबारहरूलाई सबैभन्दा गाह्रो असर पारेको छ र ११४ मध्ये २० जना मात्र प्रकाशित भएका छन् ।

आइएफजेका लागि सङ्कलित प्रतिवेदन अनुसार अफगानिस्तानमा तालिबान सत्तामा आएपछि ५१ टिभी स्टेसन, १३२ वटा रेडियो स्टेसन र ४९ वटा अनलाइन पत्रिकाले सञ्चालन बन्द गरेका छन् ।

रोजगारी गुमाएकामध्ये ७२ प्रतिशत महिला रहेको आईएफजेले विज्ञप्तिमा उल्लेख गरेको छ ।

अफगानिस्तानस्थित संयुक्त राष्ट्र संघीय सहायता मिसन (यूनामा) ले जारी गरेको प्रतिवेदनअनुसार मानवअधिकार उल्लङ्घनका कारण १७३ पत्रकार तथा सञ्चारकर्मी प्रभावित भएका छन् । तीमध्ये १६३ जना अधिकारकर्मी भएका कारण नै पीडित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस