गठबन्धनको विरोध नगर्न एमालेलाई चेतावनी « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

गठबन्धनको विरोध नगर्न एमालेलाई चेतावनी


२४ श्रावण २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसकी सांसद महेन्द्र कुमारी लिम्बुले पाँच दलीय गठबन्धनको धेरै विरोध नगर्न नेकपा एमालेका सांसदलाई चेतावनी दिएकी छन् ।

विचार नमिल्ने पार्टीहरुका बीचमा चुनावी तालमेल गर्ने निर्णय भएको भनी नेकपा एमालेले पाँच दलीय गठबन्धन संविधानको मर्म विपरित रहेको भनी तर्क गरिरहेका बेला सांसद लिम्बुले यस्तो चेतावनी दिएकी हुन् ।

मंगलबार प्रतिनिधिसभामा प्रस्तुत ‘आगामी प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको सिटमा समानुपातिक समावेशी प्रतिनिधित्व हुनुपर्ने सम्बन्धी ध्यानाकर्षण प्रस्ताव र जरुरी सार्जजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले आफूले गठबन्धन गर्दा ठीक, अरुले गर्दा बेठीक नभन्न आग्रह गरेकी हुन् ।

सांसद लिम्बुले भनिन्, ‘यहाँ प्रस्तावको मागहरु भन्दा प्रतिपक्षी (नेकपा एमाले)का माननीयज्यूहरुले धेरै गठबन्धनको विरोध गर्नुभयो । गठबन्धन तपाईंहरुले गर्नुभएको हो पहिले । गठबन्धन गरेर मिलेर राष्ट्रपति विद्या भण्डारीलाई जिताउनुभयो, पछि पनि जिताउनुभयो । गठबन्धन गरेर निर्वाचन पनि लड्नुभयो ।’

आफूले गठबन्धन गर्दा ठीक काँग्रेसले गठबन्धन गर्दा बेठकी नभन्न आग्रह गर्दै उनले दोहोर्याइन्, ‘यसकारण गठबन्धनको धेरै विरोध तपाईंहरु नगर्नुहोस् ।’

Tags :
प्रतिक्रिया दिनुहोस