काँग्रेस युवा नेताहरूले सुरु गरे ‘५० टु ५० अभियान’  « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

काँग्रेस युवा नेताहरूले सुरु गरे ‘५० टु ५० अभियान’ 


२८ श्रावण २०७९, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका युवा नेताहरूले ५० टु ५० अभियान सुरु गरेका छन् । काँग्रेसमा युवाहरूको आशा, विश्वास र भरोसा बढाउन आगामी निर्वाचनमा ५० वर्ष मुनिका युवा नेताहरूलाई ५० प्रतिशत टिकट अनिवार्य दिनुपर्ने अभियानको उद्देश्य हो । 

पार्टीमा युवाको सहभागिता बढाउन, पार्टीमा परिवर्तनको सन्देश दिन, पार्टीमा युवा मतदाताको आकर्षण बढाउन, राजनीतिमा अहिले देखिएका चुनौती समाधान गर्न युवालाई अगाडि सार्नुपर्ने अभियानको माग छ । 

युवाको ऊर्जा, क्षमता र जोसजाँगरलाई पार्टी र देश निर्माणमा सदुपयोग गर्न र काँग्रेसलाई बलियो, सशक्त, गतिशील  र निर्वाचनमा बहुमत प्राप्त गर्न ५० वर्षभन्दा कम उमेरका नेतालाई मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कम्तीमा ५० प्रतिशत टिकट दिनुपर्नेमा काँग्रेस युवा नेता  भूपेन्द्र जङ शाहीले बताए ।  

काँग्रेस संस्थापनइतर समूहका युवा नेताहरूले नेतृत्त्वलाई दबाब दिन यो अभियान सुरु गरेका हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस