निर्वाचन आयोगले भन्यो : वार्षिक आय र व्यय विवरण नबुझाउने पार्टी निर्वाचनमा सहभागी हुन पाउँदैन « प्रशासन
Logo १८ असार २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

निर्वाचन आयोगले भन्यो : वार्षिक आय र व्यय विवरण नबुझाउने पार्टी निर्वाचनमा सहभागी हुन पाउँदैन


६ भाद्र २०७९, सोमबार


काठमाडौँ । निर्वाचन आयोगले वार्षिक आय र व्ययको विवरण नबुझाउने पार्टीलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागी नगराउने भएको छ ।

निर्वाचन आयोगमा १ सय १६ वटा राजनीतिक दल दर्ता रहेका र त्यसमध्ये आगामी मंसिर ४ गते हुने संघीय र प्रदेशको निर्वाचन प्रयोजनका लागि भने ८४ वटा राजनीतिक दल मात्रै दर्ता भएका निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले वार्षिक आय व्यय विवरण नबुझाउने राजनीतिक दललाई निर्वाचनमा सहभागी नगराइने बताएका छन् । उनले दल दर्ताका लागि आवश्यक कागजातमध्ये राजनीतिक दलको वार्षिक आयव्यय विवरण (अडिट रिपोर्ट) पनि अनिवार्य बुझाउनुपर्ने व्यवस्था रहेको बताए ।

आयोगमा दर्ता भएका दलहरूले बुझाएको कागजातको अध्ययन भइरहेको र अध्ययन सकेर केही दिनमै निर्वाचनमा भाग लिन पाउने राजनीतिक दलहरूको सूची सार्वजनिक गरिने अर्यालले बताए ।

उनले भने, ‘हाम्रो संविधानको धारा १६९ र १७१ धाराहरूले वार्षिक आय–व्ययको विवरण पेस गर्ने भनेको छ । यसको मनसाय के देखिन्छ भन्दा दलहरू कम्तिमा पनि एउटा आर्थिक आय–व्यय वर्ष पूरा गरेको हुने अपेक्षा गरेको छ । अथवा दलहरूले निर्वाचनमा भाग लिँदा कम्तीमा आफू सङ्गठित भएर आफ्ना राजनीतिक एजेन्डाहरू जनतामा लगेर कम्तीमा एक वर्षको पुरानो भएको दल जसको एक वर्षको वार्षिक आय–व्यय विवरणसहित पेस गर्नुपर्छ भन्ने मनसाय त्यो हुनसक्छ । निर्वाचनको मिति घोषणा हुने बेलामा दर्ता भएर एक महिना, डेढ महिनाको पनि आय–व्यय विवरण वार्षिक विवरणको रूपमा पेस गर्ने चलन बढेको छ । तर संविधानका भावनाअनुसार पुराना दलहरू जो जनतामा स्थापित र केही आफ्नो परिचय दिएको र साथै उहाँहरूको आर्थिक छवि कस्तो छ ? जनताले त्यसलाई पनि मूल्याङ्कन गरुन् ।’ु

पारदर्शिता हेरेर जनताले मूल्याङ्कन गरुन् भन्ने हिसाबले यस्ता प्रावधान राखिएको उनले बताए । ‘दलहरू सबैले आर्थिक विवरण समयमै प्रकाशन नगर्ने, आयोगलाई पनि विवरण नबुझाउने, आयोगले कतिपयलाई दण्ड, जरिवाना गर्नुपर्ने त्यो स्थिति भएको हुनाले यो पक्षमा आर्थिक पारदर्शिता र आर्थिक सुशासनको पक्षमा दलहरूले धेरै नै सोच्नुपर्ने, धेरै नै आफूलाई स्वमूल्याङ्कन गर्नुपर्ने र दलहरू पारदर्शी हुनुपर्ने अवस्था देखिन्छ । उहाँहरूले पेस गर्नुभएको छैन भने मागिन्छ । त्यो पनि पेस गर्नुभएन भने उहाँहरू दर्ता हुनुहुन्न । उहाँहरूले पेस गरेको विवरण अडिट रिपोर्टको रूपमा आएको छ भने त्यसलाई कानुनले तोके बमोजिम पेस गरेको मानेर आयोगले उहाँहरूलाई स्वीकृति दिन्छ,’ उनले भने ।

निर्वाचनलाई सहज रूपमा सम्पन्न गर्नका लागि निर्वाचनसँग सम्बन्धित निर्देशिका तथा नियमावली संशोधन र परिमार्जन कार्य भइरहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस