उपत्यकामा थप २५ हजार सीसीटीभी आवश्यक छ : आईजीपी सिंह « प्रशासन
Logo २१ असार २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

उपत्यकामा थप २५ हजार सीसीटीभी आवश्यक छ : आईजीपी सिंह


८ भाद्र २०७९, बुधबार


काठमाडौँ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले काठमाडौँ उपत्यकामा थप २५ हजार सीसीटीभी आवश्यक रहेको बताएका छन् । प्रहरी प्रशिक्षण प्रतिष्ठानमा बुधवार आयोजित उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा बोल्दै आइजीपी सिंहले अहिले उपत्यका प्रहरी कार्यालय मातहत ५ हजार मात्र सीसीटीभी रहेको बताए । जुन अपराध अनुसन्धान गर्न त्यो अपुग छ उनले भने ।

अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन उपत्यकामा २५ हजार क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) थप्नुपर्ने आइजीपी सिंहले बताए । आर्थिक अपराध र साइबरसँग सम्बन्धित अपराध बढेको जानकारी दिँदै प्रहरी प्रमुख सिंहले भने,‘साइबर सम्बन्धी मुद्दा काठमाडौँको अदालतमा मात्र सुनुवाई हुने हुनाले पीडित मर्कामा परेका छन् ।’

दार्चुला र ताप्लेजुङमा साइबरबाट पीडित भएकाहरु पनि न्यायिक प्रक्रियामा काठमाडौँ आउनुपर्ने हुनाले समस्या सिर्जना भएको सिंहले बताए । महान्यायाधिवक्ता खम्मबहादुर खातीले सो समस्या समाधान गर्न ७७ वटै जिल्ला अदालतमा साइबर अपराध विरुद्धको मुद्दा दर्ता गर्नेगरी ऐन संशोधन गरिने बताए ।

अनुसन्धान अधिकृतहरु आफ्नो अधिकार प्रयोग गर्न हिच्किचाउन पर्ने र जाहेरी आउनासाथ आरोपी पक्राउ गर्नुपर्ने बाध्यात्मक अवस्थामा रहेको आइजीपी सिंहले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस