सेयर बजारमा सामान्य वृद्धि, १ अर्ब २५ करोडको कारोबार « प्रशासन
Logo १५ असार २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सेयर बजारमा सामान्य वृद्धि, १ अर्ब २५ करोडको कारोबार


१३ भाद्र २०७९, सोमबार


शेयर बजार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा एकल अंकको सामान्य सुधार भएको छ ।

लगातार तीन कारोबार दिनेसम्म दोहोरो अंकले गिरावट भएको बजार परिसूचक नेप्से सोमबार भने ३.७६ अंक (०.१९ प्रतिशत) ले वृद्धि भएर बन्द भएको छ ।

नेप्से सँगै अधिकाम्स उपसूचमा सुधार हुँदा बैंकिङ र लघुवित्त उपसूचकमा सामान्य गिरावट भएको छ । त्यस्तै लगानी उपसूचक ०.५८ प्रतिशतले गिरावट हुँदा म्युचुअल फण्ड उपसूचक १.१२ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेमा सुधार भएपनि कारोबार रकम भने सवा एक अर्बमा सीमित भएको छ । सोमबार ३४ लाख ४० हजार ९०० कित्ता सेयर किनबेच हुँदा १ अर्ब २६ करोड ६६ लाख १९ हजारको कारोबार भएको छ । आइतबार २ अर्ब नाघेको कारोबार रकम सोमबार घटेको हो ।

सोमबार कारोबार भएकामध्ये नेपाल दूरसञ्चार कम्पनीको ११ करोड २५ लाख ७७ हजारको सेयर किनबेच भएको छ । यस्तै अरुण कावेली पावरको ५ करोड ५५ हजारको कारोबार भएको छ ।

सोमबार कुल १८७ कम्पनीको सेयर कारोबार भएकोमा १११ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ७२ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ४ कम्पनीको सेयर मूल्य स्थिर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस