पन्ध्रौँ पुस्तकालय दिवस मनाइँदै « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पन्ध्रौँ पुस्तकालय दिवस मनाइँदै


१४ भाद्र २०७९, मंगलबार


काठमाडौँ । ‘पढौँ पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ’ आदर्श वाक्यका साथ १५औँ पुस्तकालय दिवस बुधबार मनाइँदै छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको राष्ट्रिय पुस्तकालय दिवस मूल आयोजक समिति, २०७९ को आयोजनामा काठमाडौँस्थित रुसी सदन, कमलपोखरीमा मूल समारोहको आयोजना हुँदैछ । 

समारोहमा पुस्तकालय तथा सूचना विज्ञान क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरूप व्यक्ति वा संस्थालाई सम्मान, सामाजिक तथा रचनात्मक क्रियाकलाप उपसमितिद्वारा सञ्चालित निबन्ध प्रतियोगिताका विजयी व्यक्तिहरूलाई प्रशंसा पत्र वितरण तथा स्मारिका विमोचन हुने समितिका सदस्य-सचिव यादवचन्द्र निरौलाले जानकारी दिए । 

समितिले मुलुकका सबै विश्वविद्यालयहरू, प्रदेशका सामाजिक विकास मन्त्रालयहरू, शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइहरू, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सात सय ५३ वटै स्थानीय निकायहरू, गाउँपालिका महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ, एवं पुस्तकालयको विकास र विस्तारमा संलग्न सबै गैरसरकारी सङ्घसंस्थाहरूमा समेत विविध रचनात्मक कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ । 

हरेक बर्ष भदौ १५ गतेका दिन नेपालमा राष्ट्रिय पुस्तकालय दिवस विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ। 

Tags :
प्रतिक्रिया दिनुहोस