के आज सिट बाँडफाँटको टुङ्गो लाग्ला ? « प्रशासन
Logo १५ असार २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

के आज सिट बाँडफाँटको टुङ्गो लाग्ला ?


२१ भाद्र २०७९, मंगलबार


काठमाडौँ । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलले आज सहमति जुटाउने दाबी गरेको छ ।

हिजो बसेको बैठक बिना निष्कर्ष टुङ्गिएपछि आज पुनः बैठक बस्दै छ । आजको बैठकले जसरी पनि सिट बाँडफाँट टुङ्गो लगाउने कार्यदलको दाबी छ ।

सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार हिजोको बैठकमा १६५ वटै निर्वाचन क्षेत्रमा दलहरूको अवस्थाबारे छलफल भएको थियो ।

‘शीर्ष तहबाट जुन जिम्मेवारी कार्यदललाई दिइएको छ, त्यसअनुसार हामीले सरसरती १६५ निर्वाचन क्षेत्रमा कसको के पोजिसन छ, त्यसबारे छलफल गरेका छौँ । भोलि फेरि हामी त्यो छलफललाई निरन्तरता दिँदै बैठक बस्छौँ,’ सोमबारको बैठकपछि कार्कीले भने, ‘हामीलाई दिएको जिम्मेवारी छ, त्यो जिम्मेवारीलाई पूर्ण वहन गरेर नेतृत्वलाई प्रतिवेदन बुझाउने सहमतिका साथ आज उठेका छौँ । १६५ सिटमा नै आज मुलरूपमा गृहकार्य भयो ।’

Tags :
प्रतिक्रिया दिनुहोस