नवलपुरमा पल शाहको फैसला बहस जारी « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

नवलपुरमा पल शाहको फैसला बहस जारी


२१ भाद्र २०७९, मंगलबार


काठमाडौँ । नवलपुर जिल्ला अदालतमा नायक पल शाहको बलात्कारसम्बन्धी मुद्दा फैसला गर्न अहिले बहस भइरहेको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासमा बहस भइरहेको हो ।

शाहको तर्फबाट ६-७ जना कानुन व्यवसायीले बहसका लागि वकालतनामा भरेका थिए । बिहानदेखि बहस सुरु भएको छ । इजलासले शाहविरुद्ध लागेको आरोप ठहर्ने वा नठहर्नेमध्ये एउटा फैसला गर्नेछ ।

एक नाबालिग गायिकाले बलात्कारसम्बन्धी उजुर गरेपछि शाह मुद्दा पुर्पक्षका लागि थुनामा छन् । ती गायिकाले नवलपुर र तनहुँ गरी दुई ठाउँमा उजुरी दिएपछि शाहले दुइटै जिल्ला अदालतमा एकै पीडितबाट बलात्कार मुद्दा खेपिरहेका छन् ।

शाहलाई न्यायाधीश आचार्यले सफाइ दिएको अवस्थामा पनि उनी मंगलबार नै नछुट्ने स्रोतको दाबी छ । तनहुँ जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेकाले उनी थुनामै रहनुपर्ने स्रोतले बताएको छ ।

नाबालिग गायिकाले अदालतमा बयान फेरेकाले शाह पक्ष सफाइ पाउने आशामा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस