ग्रीनलाइफ पोलिक्लिनिक हस्पिटलमा रुपान्तरण हुँदै « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

ग्रीनलाइफ पोलिक्लिनिक हस्पिटलमा रुपान्तरण हुँदै


२६ भाद्र २०७९, आइतबार


काठमाडौँ । काठमाडौँको टोखामा रहेको ग्रीनलाइफ पोलिक्लिनिकलाई हस्पिटलमा रुपान्तरण गरिने भएको छ ।

ग्रीनलाइफ हेल्थकेयर टोखा–७, तिलिङटार धापासीको आयोजनामा टोखा नगरपालिकामा बसेको स्थानीय चिकित्सकहरूको बैठकले पोलिक्लिनिकलाई हस्पिटलमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।

स्थानीय चिकित्सक र स्थानीय समुदायको साझेदारीमा अस्पताल स्थापना गरिने भएको हो । ग्रीनलाइफ हेल्थकेयरका अध्यक्ष डा. रोशन भट्टराई, टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारी र नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीलगायत सहभागी बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तैगरी टोखा नगरपालिका उपप्रमुख मुरारी तामाङ, नेपाल चिकित्सक संघका महासचिब डा. बद्री रिजाललगायत ६२ जना चिकित्सकले बैठकमा सहभागिता जनाएका थिए ।

अस्पताल स्थापनाको अवधारणा र भावी कार्ययोजनाका बारेमा डा. क्षितिज सापकोटाले बैठकमा जानकारी गराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस