स्यालले टोक्दा चार जना गम्भीर घाइते « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

स्यालले टोक्दा चार जना गम्भीर घाइते


२६ भाद्र २०७९, आइतबार


काठमाडौँ । महोत्तरीको पिपरा गाउँपालिका-६ रतौली गाउँमा आइतबार स्यालले टोक्दा चार जना गम्भीर घाइते भएका छन्। उनीहरू सबै एउटै टोलका भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पँगेनीका अनुसार घाइते हुनेमा तीन महिला र एक पुरुष छन्।

गाउँ नजिकैको वनको झाडीबाट टोलमा पसेको एउटा स्यालले स्थानीय ३५ वर्षीया पुनमदेवी सोनार, १३ वर्षीया रेणुकुमारी सदा, ६५ वर्षीया सोनावती सदा र १६ वर्षीया बबन चौधरीलाई टोकेर घाइते बनाएको हो।

घाइतेको अनुहार, पेट, छाती तथा शरीरको अन्य भागमा घाउ छ। चारै जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस