सर्वोच्चका न्यायाधीश नआउने भएपछि सर्‍यो महाभियोग समिति बैठक « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सर्वोच्चका न्यायाधीश नआउने भएपछि सर्‍यो महाभियोग समिति बैठक


३० भाद्र २०७९, बिहिबार


काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरू नआउने भएपछि संसद्को महाभियोग शिफारिस समिति बैठक सरेको छ।

आज बिहान ८ बजेदेखि बस्ने तय गरिएको बैठक सरेको हो।

अब महाभियोग समितिको बैठक आजै दिउँसो १ बजे बस्ने समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए।

महाभियोग समितिले आज दिउँसो १ बजे चार जना पूर्व न्यायाधीशहरूलाई बैठकमा बोलाएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई लागेको महाअभियोग प्रस्तावबारे छानबिन समितिमा सोधपुछका लागि सर्वोच्च अदालतका न्यायाधीशहरू नजाने बुधबार नै निर्णय गरेका थिए।

सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको बैठक (फुल कोर्ट) ले चोलेन्द्र शमशेरको महाअभियोग छानबिन समितिमा सोधपुछका लागि जान नमिल्ने निर्णय गरेको थियो।

समितिमा उपस्थित हुनु र निजसँग, सोधपुछ सवाल जवाफ गरिनु उचित र शोभनीय नहुने फुल कोर्टको निष्कर्ष छ।

Tags :
प्रतिक्रिया दिनुहोस