देवी ज्ञवालीको आरोप : प्रचण्डले पार्टी कब्जा गर्न एमालेसँग एकता गरेका थिए  « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

देवी ज्ञवालीको आरोप : प्रचण्डले पार्टी कब्जा गर्न एमालेसँग एकता गरेका थिए 


३० भाद्र २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य देवी ज्ञवालीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति इङ्गित गर्दै पार्टी कब्जा गर्ने दुराशयका साथ एमालेसँग पार्टी एकता गरेको आरोप लगाएका छन् । 

बिहीवार पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमालेसँग पार्टी एकता गर्दा अध्यक्ष केपी शर्मा ओली बिरामी भएको र त्यसपछिको स्थितिमा पार्टी आफूले कब्जा गर्ने दुराशयका साथ पार्टी एकीकरण गरेको आरोप लगाएका हुन् । 

उनले एमालेले पवित्र उद्देश्यका साथ पार्टी एकता गरेपनि  माओवादीले ओली बिरामी भएपछिको अवस्थामा पार्टी कब्जा गर्ने मनसायले एकता गरेर कम्युनिस्ट पार्टीलाई विभाजित गरेको बताए । उनले एमालेका कार्यकर्ताहरू पार्टीले दिएको निर्देशन अनुसार काम गर्न तयार रहेको बताए । 

उनले अघिल्लो निर्वाचनमा कम्युनिस्ट पार्टीको एकताका लागि मतपत्र च्यातेर, हडपेर, हराएको कुरा बिर्सिएर लागेपनि आफ्नो त्याग र तपस्यालाई बिर्सिएको गुनासो गरे । उनले चीर प्रतिपक्ष नेपाली काँग्रेससँग साँठगाँठ गरी कम्युनिस्ट पार्टीलाई धराशायी बनाउन प्रचण्डपक्ष लागेको भन्दै माओवादी केन्द्रलाई पुष्पकमल एण्ड कम्पनीको संज्ञा दिए । 

माओवादी केन्द्रका चितवन सहइन्चार्ज तथा माओवादी केन्द्रीय सदस्य यमबहादुर परियारलगायत नेता, कार्यकर्ता बिहीबार एमालेमा प्रवेश गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस