विवेकशील साझाका पूर्वप्रवक्ता शरदराज पाठकले पनि दिए राजीनामा « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

विवेकशील साझाका पूर्वप्रवक्ता शरदराज पाठकले पनि दिए राजीनामा


१७ आश्विन २०७९, सोमबार


काठमाडौँ । विवेकशील साझा पार्टीका कार्यसम्पादन समिति सदस्य तथा पूर्वप्रवक्ता शरदराज पाठकले राजीनामा दिएका छन्।

उनले सोमबार पार्टी अध्यक्षसमक्ष सदस्य समेत नरहने गरी राजीनामा पत्र बुझाएका हुन्।

पार्टीबाट अलग भएपनि आफू राजनीतिक मैदानमै रहने उनले जानकारी दिए।

‘विवेकशील साझाबाट अलग भएतापनि विगत ५ वर्षमा हामीले प्रमुखताका साथ उठाएका अर्थ राजनीतिक तथा राजनीतिक सामाजिक एजेण्डा प्रवर्द्धन र स्थापित गर्न म आगामी दिनमा पनि सक्रिय राजनीतिक मैदानमै रहने कुरा यस पार्टीका सम्पूर्ण आदरणीय सहकर्मी, पूर्व सहकर्मी एवम् मेरा शुभेच्छुकरशुभचिन्तकहरूलाई जानकारी गराउँछु,’ उनले भनेका छन्।

विवेकशील साझा पार्टीबाट २०७४को प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नं। ३बाट उम्मेदवार रहेका थिए।

यसअघि आइतबार ३५ जना सदस्यले पनि पार्टी अध्यक्ष समक्ष राजीनामा बुझाएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस