रोल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

रोल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते


९ कार्तिक २०७९, बुधबार


काठमाडौँ । रोल्पाको सुनिलस्मृति गाउँपालिका-४ सुलिचौरमा आज बुधवार दिउँसो जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् ।

सुलिचौरबाट गजुलका लागि छुटेको लु १ ज ३२३४ नम्बरको जीप सुलिचौर बजार नजिकै सेवा केन्द्र भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा दाङको घोराही उपमहानगरपालिकाका ६० वर्षीय नारायण रिजाल, ५८ वर्षीय विष्णु रिजाल र ५० वर्षीया फाम्सी केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।    

दुर्घटनामा घाइते भएका मध्ये पाँच जनाको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर र सात जनालाई कोहलपुर रिफर गरिएको छ । 

ब्रेक फेल भएर जीप सडकबाट तल खसेको प्रहरीले जनाएको छ । जिपमा रहेकाहरू तिहार मनाउन आफन्तकोमा आउँदै गरेको बताइएको छ । दुर्घटनाको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय सुलिचौरबाट खटेको प्रहरी टोली र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस